नेष्नल च्याम्पियनसिपका लागी डोल्पाका दुई खेलाडी बन्द प्रशिक्षणमा

जैतुन अनलाइन | 2021-09-04

दुनै : डोल्पाबाट मार्सल आर्टका दुई खेलाडी बन्द प्रशिक्षणमा रहेका छन ।  नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघले  आउदो असोज ८ र ९ गते काठमान्डौँमा स‌चालन गर्ने नेस्नल च्याम्पियनसिपको लागि डोल्पाका दुई जना खेलाडी कर्णाली प्रदेश सुर्खेतमा बन्द प्रशिक्षणमा रहेका हुन । नेस्नल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न डोल्पाबाट सहभागी हुने खेलाडीमा मुड्केचुला गाउँपालिका वडा नं. ६ की राष्ट्रीय खेलाडी तारा शाही र त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ९ का दत्त बुढा रहेको  नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ डोल्पाका अध्यक्ष निशान धरालाले जानकारी दिए । बन्द प्रशिक्षणमा रहेका दुबै खेलाडीहरुलाइ सुर्खेतमा प्रशिक्षण दिइरहेकाे र खेलाडीहरुले पनि मनाेबल उच्च राख्दै प्रशिक्षण लिईरहेकाे धरलाले बताए ।
प्रशिक्षणमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरुको सहभागीता रहेको छ । डोल्पाबाट प्रशिक्षण सहभागी खेलाडी तारा शाही यस अघिका प्रतियोगीताहरुमा धेरै पटक राष्ट्रीय खेलमा सहभागी जनाई सकेकी छिन भने विभिन्न विधाका उपाधी पनि जित्नु भएको हाँसील गरेको अनुभबी खेलाडी हुन । बिषेशगरी डोल्पाले मार्सलआर्ट र उस्सुमा नियमित सहभागिता जनाउने र प्रद्धर्शन पनि राम्रो गर्ने गरेकाे खेलकुद बिकास समिति डोल्पाको दावी हरेको छ । नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ डोल्पाका अध्यक्ष निशान धरालाले  भनेका छन हामी डोल्पाबाट आएर थोरै भएपनि खेलमा सहभागिता जनाउन पाउदा निकै खुसि छौ यसमा डोल्पाको सबै क्षेत्रबाट सहयोग हुनुपर्छ जस्को कारण खेलाडीको मनोवल उच्च हुनेछ हामी एक दिन अबस्य सफलता चुम्नेछौ ।