दुनै : पार्टी विभाजन पछि कार्यकर्तामा आएको विचलन रोक्न नेकपा एमालेका केन्द्रिय सदस्य विष्णु रिजाल डोल्पा पुगेका छन ।नेकपा विभाजन भई नयाँदलको मान्यता पाएको माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा कार्यकर्तालाई जानबाट रोक्नको लागि रिजाल डोल्पा पुगेका हुन ।भदौ २१ गते सदरमुकाम दुनैमा नेकपा एमालेले अगुवा कार्यकर्ता भेलाको समेत आयोजना गर्ने भएको छ ।अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न डोल्पा पुगेका नेता रिजालले आफुहरुले माधवकुमार नेपाललाई शतप्रतिसतको नेता बनाउन चाहेको तर उहाँ १५ प्रतिसतमा झरेको बताए ।पत्रकारसंगको संक्षिप्त कुराकानीमा नेता रिजालले माधवकुमार नेपाल प्रति आफ्नो ब्यक्तिगत उच्च सम्मान रहेको उल्लेख गर्दै आफैले निर्माण गरेको पार्टीमा १५ वर्ष अध्यक्ष र देशको प्रधानमन्त्री समेत भएर पनि ब्यक्तिगत कुण्ठाका कारण पार्टी विभाजन गरेर गलत काम गरेको आरोप लगाए ।पत्रकारहरुको फरक प्रश्नमा नेता रिजालले सभामुख अग्नी सापकोटाले आफ्नो पदीय दायित्व भन्दा तल झरेर संबैधानिक पदको दुरुप्रयोग गरेको बताए ।सभामुख र निर्वाचन आयोगले नेकपा एमालेलाई अन्याय गरेकाले संबैधानिक न्याय प्राप्तीको लागि नेकपा एमाले न्यायलयको ढोकामा गएको र आफुहरुले उचित न्याय पाउने विश्वास ब्यक्त गरे ।
नेकपाबाट निर्वाचित डोल्पा संघीय सासंद तथा पुर्वराज्य मन्त्री धनबहादुर बुढा र प्रदेश सांसद तथा पर्यमन्त्री नन्दसि बुढा नेकपा समाजबादी पार्टी मा गएको विषयलाई लिएर संस्था भन्दा ब्यक्ति गौण हुने भएकाले एकाद्य ब्यक्तिहरु जाँदैमा संस्थालाई कुनै फरक नपर्ने भनाई रिजालको थियो ।यसअघि संघिय सासंद धनबहादुर बुढा नेकपा समाजवादीका केन्द्रिय सदस्य हंशबहादुर शाहीले भदौ १५ गते डोल्पाली कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई समाजवादीमा लाग्न प्रेस विज्ञप्तीमार्फत अपिल गरिसकेका छन ।त्यसै गरी कर्णाली प्रदेश सासंद तथा पर्यटन मन्त्री नन्दसिं बुढा पनि दुई समाजवादीको संगठन विस्तारको लागि साता लामो बसाई सकेर फर्केका छन ।पार्टी विभाजन पछि नेकपालाई हिमाली जिल्ला डोल्पामा आफ्नो विरासत बचाउन हम्मे हम्मे हुने स्थानीय कार्यकताले बताउदै आएको बेला नेकपा समाजवादी र एमालेबीच कार्यकर्ता तानातानको प्रस्पिर्धा चलेको छ ।अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न डोल्पा पुगेका नेता विष्णु रिजाललाई जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा उपप्रमुख नरबहादुर बुढा प्रदेश सासंद बदमीक्वारी बुढा नेकपा एमालेका काबा जिल्ला अध्यक्ष तुलाचन्द्र बुढा काबा सचिव विष्णुबहादुर रोकाया लगायत पेशागत संघसंगठनका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।