बिधुतको ट्रान्सर्फमरमा करेन्ट लागेर ९ बर्षे बालक घाइते

जैतुन अनलाइन | 2021-09-02

दुनै :  डोल्पा सदरमुकाम दुनैमा करेन्ट लागेर ९ बर्षको बालक गम्भीर घाइते भएका छन । ठुलीभरी नगरपालिका ४ बर्ष ९ का सुदिस बुढा बिद्युतको ट्रान्सफर्मरमा करेन्ट लागेर घाइते भएका हुन । दिउसो साढे तिन बजे जिल्ला अदालतको पछाडीपट्टि रहेको बिद्युतको ट्रान्सर्फर नजिकै खेली रहेको अबस्थामा करेन्ट लागेको र आफन्तले तत्तकाल अस्पताल लैगेपछि जिल्ला अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । करेन्ट लागेका बालकको देब्रे गाला अनि दाहिने हात पोलिएको र छातीमा चोट लागेको जिल्ला अस्पतालका डाक्टर प्रशन्न कार्कीले जानकारी दिए । डाक्टर कार्कीका अनुसार अस्पथा चिन्ताजनक नभएको तर धेरैनै पोलिएको बताए ।

मानिस हिडने बाटैमा असुरक्षित रहेको बिधुतको ट्रान्सर्फरमर

मानिस हिड्ने बाटैमा अब्यवस्थित रुपमा रहेका बिद्युतको ट्रान्सर्फर नजिकै बालवालिका खेल्ने क्रममा करेन्ट लागेको अभिभाबक बलबहादुर बुढा बताउछन । दुनैबाट ठुलीभेरी वडा नम्बर ४ तिप्ला जाने सड्क खन्ने क्रममा डोजरले माटो थुपारेपछि बिद्युतको ट्रान्सर्फमर पुरिएकोले अब्यवस्थित भएको बिद्युत प्राधिकरणको भनाइ रहेको छ ।सड्क खन्दा डोजरले भरेको माटोको कारण टा«न्सर्फमर जमिन नजिकै परेको छ । तर बिद्युत प्राधिकरणले पनि ब्यवस्थापनमा ब्यवास्ता गरेको नागरिकको आरोप छ । त्यहि ट्रान्सर्फमरबाट जिल्ला प्रशासनले २४ घण्टा बिद्युत उपभोग गरेपनि ब्यवस्थापनको लागी भने कुनैपनि पहल गरेका भने छैन । बिधुको लापरवाहीकाे कारण अन्य बालवालिकाको पनि ज्यान जान सक्ने खतरा रहेकाे नागरिकको भनाइ छ । स्थानीयहरु भन्छन ठेकेदारले माटो ब्यवस्थापन गरेन बिधुतले ट्रान्सर्फमर सुरिक्षत नगरिदिदा जाेखिमा छौ तत्काल सुरक्षित बनाइदेउ ।