बौलाहा कुकुरले टोकेर एकै दिन ९ जना घाईते दुईजनालाई थप उपचारको नेपालगञ्ज पठाइयाे

जैतुन अनलाइन | 2021-08-29

दुनै :  डोल्पामा बौलाहा कुकुरले टोकेर  एकैदिन ९ जना  घाईते भएका छन । त्रिपूरा सुन्दरी नगरपालिकाको १ बगरमा बौलाहा कुकुरले टोक्दा ९ जना घाईते भएका हुन ।
एकैदिन ९ जनालाइ टोकेपछि दुईजनाको अबस्था गम्भीर पएपछि नेपालगञ्ज रेफर गरिएको जिल्ला अस्पताल डोल्पाका डाक्टर प्रशन्न कार्कीले जानकारी दिए । डाक्टर कार्कीका अनुसार एक जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको दुईजनालाई गालामा मासु च्यातिकोले थप उपचारको लागी नेपालगञ्ज पठाएको र अन्य सबैलाइ घरमा राखेर रेबिजको सुई लगाइ रहेको बताए । एकैदिन ९ जना र अघिल्लो दिनमा २ जनालाई टोकेपछि अबस्था भयाभह भएको र तत्तकाल प्रहरी र स्थानीयको सक्रियतामा बौलाहा कुकुरलाइ नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।

घाईते ५४ बर्षका दिलबहादुर बिष्ट र ९ बर्षे वालक आईस कुलाललाई थप उपचारकाे लागी नेपालगञ्ज लगिएको छ । अन्य ७ जना मध्य एक जनाको जिल्ला अस्पताल दुनैमा उपचार भइ रहेकाे छ  भने बाँकी घाईतेहरुले घरबााटै आएर रेबिजको सुई लगाइ रहेकाे प्रहरीले जानकारी दिएको छ ।