निषेधाज्ञामा बजार अनुगमन दुई लाख बराबरकाे सामाननष्ट

जैतुन अनलाइन | 2021-06-17

दुनै : निषेधाज्ञाकाे समयमा बजार अनुगमन गरिएकाे छ ।  डोल्पाकाे  दुनै बजार अनुगमन गर्दा दुई लाख बराबरको म्याद गुज्रिएका खाध तथा अन्य पेय पदार्थ नष्ट गरिएको हो।  सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन अधिकृत दिनेश शर्माको नेतृत्वमा दुनै बजारमा अनुगमन गर्दा थुप्रै खाध सामाग्रीहरु बरामद गरि नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश शर्माले जानकारी दिए ।

शर्माका अनुसार कोरोना भाईरस संक्रमणले गर्दा लकडाउनको बहाना गर्दै बजारमा म्याद गुज्रेका सामान र महँगो मुल्यमा विक्रि भैरहेको सर्वसाधारणबाट गुनासो आउन थाले पछि बजार अनुगमन गरिएको दावी गरे ।  बजार अनुगमनका क्रममा दुई लाख बराबरको म्याद गुज्रेका सामान जफत गरि नष्ट गरिएको शर्मा जानकारी दिए ।


यहाँका व्यापारीहरु छिमेकी बजारहरुमा समान खरिद गर्दा म्याद सकिन लागेका समान खरिद गर्ने र डोल्पा पुग्दा सम्म म्याद सकिसक्ने समस्या देखिएको छ अब ब्यापारीले सामान ल्याउदा म्याद हेरेर मात्रै जिल्लामा ल्याउन जिल्ला प्रशासनले आग्रह गरेको छ । डोल्पाका उपभोक्ताहरु सामान किन्दा कहिले सम्म प्रयोग गर्न मिल्ने हो भन्नेमा खासै चासो दिने नगरेको पनि आफुले देखेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए। स्वस्थ्य जस्तो सम्वेदनशील कुरामा व्यपारी र उपभोक्ता दुवै सचेत हुनु पर्ने शर्माले भने ।

भुपु सैनिक सप्लार्यसमा भुजा १६ प्याकेट,ऋदम सपलार्यसबाट बिस्कुट २३ प्याकेट,फेन्टा २१ बोतल, सृजना महतारा पसलबाट भुजा १ प्याक,दाल्मोट १७५ प्याकेट, वि.सी सप्लार्यसमा कुरमुरे २४ पिस, प्रिया जनरल सप्लार्यसबाट कुरमुरे ४४ पिस,फुलन दाना ४ पिस,कुरमुरे १३ पिस, एल के जनरल स्टोरमा चिज वल १२ पिस, फ्रुटी २९ पिस,रियल जुस १ पिस,भुजा ४ पिस, कोक १ बोतल,काजु २७ पोका, राना किराना पसलबाट बदाम जुस १८ पिस,ब्रुस्ट जुस २० पिस,बदाम २ पिस,कफी ९ पिस ,पुजा जनरल स्टोरबाट बदाम जुस ४१ पिस,दालमोट ७ पिस, हेम स्टोरबाट फ्रुटी २१ पिस,पुन्टे चाउचाउँ ३० पोका,नवरत्न तेल ३ पिस,खुर्सानी धुलो ३ पिस,भुजा ५ प्याकेट,फ्रेमलप्ली ८६ पिस लगाएका म्याद गुज्रेका समान जफत गरि नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।

कोरोनाले दुईमहिना देखी बन्द भएका बजारका पसलहरुमा एकाएक अनुगमन गरि सामान बरामद गर्दा आफुहरु मारमा परेकाे स्थानीय ब्यापारीको गुनासो छ । यो समयमा अनुगमनले ब्यापारी पनि मारमा परेको उनिहरुको दावी रहेको छ ।

दोस्रो भेरियन्टको कोरोना भाईरस कोभिड १९ संक्रमणको कारण जिल्लामा बैशाख दोस्रो साता देखि निषेधाज्ञा जारि गरिएको थियो । यो भन्दा अगाडीको निषेधाज्ञाको समयमा विभिन्न समयमा पसल खुल्ला गर्ने गरेता पनि जिल्लामा संक्रमण कम हुदै आएको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले यहि असार १ गते देखि विहाना १२ बजे सम्म होटेल पसल स्वस्थ्य मापदण्ड पालना गरि खुल्ला गर्ने निर्णय गरेको थियो ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी दिनेश शर्माको संयोजकत्वमा उधोग तथा उपभोकता हित संरक्षण डोल्पाका प्रमुख अभयराज रेग्मी,नायव सुब्बा धर्मराज शाही,नेपाल प्रहरी,पत्रकारहरुको उपस्थीती रहेको थियो ।