डोल्पामा निषेधाज्ञा जेष्ठ ३१ गते सम्म थप बिहान ६ बजेदेखी १० बजे सम्म अत्याबस्यक सेवा खुला हुने

जैतुन अनलाइन | 2021-06-06

दुनै : डोल्पा जिल्लामा जेष्ठ ३१ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय डोल्पामा बसेको जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले यहि जेष्ठ २५ विहाना ४ बजे देखि ३१ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद ढकालले जानकारी दिनु भयो । प्रजिअ ढकालका अनुसार, अत्याआवश्यक कामको लागी निषेधाज्ञा अलि खुकुलो हुने जनाईएको छ ।
जिल्लामा समुदाय स्तरमा दोस्रो भेरियन्टको कोरोना भाईरस संक्रमण फैलिरहेको हुनाले जेष्ठ ३१ गते सम्म निषेधाज्ञा थप गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार जिल्लामा परिक्षणको क्रम भैरहेको हुनाले विभिन्न मापदण्ड पालना गरी अत्याआवश्यकका सवै कार्यलयहरु खुल्ला हुने, विभिन्न बजारहरुमा रहेका खाधान्न पसलहरु विहाना ६ बजे देखि १० बजे सम्म खुल्ला गर्ने,अन्य होटल पसलहरु बन्दा गर्ने निर्णय भएको जनाईएको छ । अत्याआवश्यक कामको लागी भने निषेधाज्ञा केहि खुकुलो हुने जनाईएको छ ।


योजना सम्झौता,संचालन तथा विकास निमार्णका योजना संचालनमा सहजिकरण गर्ने,जरुरी परेका सेवा ग्राहीलाई जनस्वस्थ्य मापदण्ड पालना गरी सेवा प्रवहा गर्ने व्यवस्था मिलाउने,विभिन्न पालिकाहरुले एन्टीजिन किट खरिद गरि परिक्षणको दायरा बढाउने,उपचार गर्ने लगायतका निर्णय गरिएको छ ।
जिल्लामा समुदाय स्तरमाका कोभिड १९ संक्रमण फैलिएको भन्दै निषेधाज्ञा थप गरिएको हो । विकास निमार्णका कार्य, नया शैक्षिक सत्र,लगाएतका विषयहरुलाई मध्यनजर गर्दै अवका दिनहरुका विभिन्न जनस्वस्थ्य मापदण्ड अपनाएर निषेधाज्ञालाई अली खुकुलो पार्दै लाने संकेत देखिएको छ ।
जिल्ला भित्रका सर्वसाधारणहरुलाई आवश्यक पर्ने जुनसुकै सेवा जनस्वस्थ्यको मापदण्ड पालना गरी सेवा प्रदान गर्न जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेर बहादुर बुढाले आग्रह गर्नु भएको छ । समुदाय स्तरमा कोरोना भाईरस संक्रमण फैलिन सक्ने भएको हुनाले जिल्लाका सम्पुर्ण स्थानिय तहहरुलाई परिक्षणको दायरा बढाई उपचार गर्न प्रमुख बुढाले अनुरोध गर्नु भएको छ । संक्रमणको दोस्रो लहरबाट जिल्लामा हाल सम्म ४ जनाको ज्यान गईसकेको छ ।