राज्यमन्त्री बुढा,पर्यटन ब्यागसायी र स्वास्थ्यकर्मिबाट ५ लाखको औषधि अस्पताललाई

जैतुन अनलाइन | 2021-05-31

दुनै : जिल्ला अस्पताललाइ ५ लाख बराबरको औषधि हस्तान्त्रण गरिएको छ । नागरिक समाज डोल्पाको अगुवाईमा कोरोनाका बिरामीलाइ प्रयोग गरिने औषधि खरिद गरेर स्वास्थ्य कार्यालयलाइ हस्तान्त्रण गरिएको हो । पूर्व राज्यमन्त्री धनबहादुर बुढाले २ लाख,पर्यटन ब्यावसायी जितेन्द्र झाँक्रीले एक लाख ५० हजार,तापीरिचा माध्यामिक बिद्यालयका ब्यवस्थापक तथा पर्यटन ब्यावसायी सम्दुक लामाले एक लाख र स्वास्थ्यकर्मि रनलाल कुलालले पचास हजार आर्थिक सहयोगमा ५ लाखको औषधि खरिद गरि स्वास्थ्य कार्यालय मार्फत जिल्ला अस्पतालाइ हस्तान्त्रण गरिएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए ।


बुढाका अनुसार नागरिक समाज डोल्पाको पहलमा नागरिक उद्धार कोषमा उक्त रकम जम्मा गरि कोरोनाका बिरामीहरुलाइ प्रयोग गरिने १३ प्रकारका १६० केजीको औषिधि स्वास्थ्य कार्यालय मार्फत जिल्ला अस्पताललाइ जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले हस्तान्त्रण गरेको बताए ।
औषधि हस्तान्त्रण गर्दै समन्वय प्रमुख शेरबहादुर बुढाले भने यो औषधिले नागरिकको ज्यान जोगाउने छ सबैले सकेको सहयोग गरौ र नागरिक बचाउ भन्दै सहयोगी हातहरुलाइ धन्यबाद प्रकट गरे ।
पर्यटन ब्यावसायी जितेन्द्र झाँक्रीले काठमाण्डौबाट दुनै सम्मको ढुवानी समेत ब्यहोरेको नागरिक उद्धारको अभियानमा अतुलनिय सहयोग गरेकोले सबै सहयोगी मनहरुप्रति आभारी रहेको नागरीक अगुवा योगेन्द्र बुढाले बताए । नागरिक समाजको अगुवाई खरिद भएको औषधि कोरोनाका बिरामीलाइ तर बाहिरबाट किन्न नसक्ने र गरिब निमुखाहरुलाइ बिषेश प्राथमिकतामा हुने नागरिक समाजले जनाएको छ । ठुला शहरमा नै भनेको बेलामा नपाउने औषधि खरिद गरेर जिल्लामा ल्याएकोमो औषधि भन्दा पनि बिरामीको लागी अमृत भएको स्त्रीरोग बिषेशज्ञ डाक्टर शंकर रावतले खुसि ब्यक्त गरे ।


नागरिक उद्धार कोषमा कोरोना महामारि रोकथामको लागि सबैभन्दा ठुलो सहयोग गरि नागरिकको ज्यान जोगाउन पूर्व राज्यमन्त्री धनबहादुर बुढा,पर्यटन ब्यावसायी जितेन्द्र झाँक्री,सम्दुक लामा र स्वास्थ्यकर्मि रनलाल कुलालको यो योगदान प्रति नागरिक समाज डोल्पा सधैभ आभारी हुने आगामी दिनमा पनि साथ रहनेमा बिश्वस्त रहेको नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले बिश्वास ब्यक्त गरे ।
नागरिक समाजको अगुवाईमा जिल्लाका डाक्टरहरुको सहकार्यमा कोरोनाका बिरामीलाइ मात्रै प्रयोग गरिने औषधि खरिद गरिएको हो । नागरिक समाजले खरिद गरेको औषधि हरकोहि नागरिकले खरिद गर्न नसक्ने र केही हद सम्म भएपनि नागरीकले जिवन दान पाउनेमा औषधि खरिदमा आर्थिक सयोग गर्नेको बिश्वास रहेको छ ।