डोल्पाको दुनैमा क्यापटेन दिनेस न्यौपानेको नाममा प्रबेशद्धार निर्माण हुदै

जैतुन अनलाइन | १२ जेष्ठ २०७८, बुधबार

दुनै :  स्वर्गिय क्याप्टेन दिनेश न्यौपानेको नाममा प्रबेशद्धार निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकार पचास लाख आर्थिक सहयोगमा दिनेश न्यौपाने प्रतिष्ठान मार्फत डोल्पा सदरमुकाम दुनैमा प्रबेशद्धार निर्माण गर्न शिलान्यास गरिएको छ ।
डोल्पामा जन्मिएका क्याप्टेन दिनेश न्यौपाने २०७२ साल फाल्गुन १४ गते नेपालगञ्जबाट जुम्ला यात्रुलिएर जाने क्रममा कालिकोटको चिलखायामा दुर्गटना हुदा ज्यान गुमाएका थिए ।
क्याप्टेन दिनेश न्यौपाने र को पाईलट सन्तोष रानाले ज्यान गुमाएका थिए भने काष्टमण्डपको जहाजमा रहेका ९ जना यात्रु भने सकुशल बचाउन सफल रहेका थिए ।
आफु बाचेर यात्रु बचाउन सफल क्याप्टेन न्यौपाने र को पाईलट रानाको सम्झनामा दुनैमा शालिक सहित प्रबेशद्धार दिनेश न्यौपाने प्रतिष्ठान मार्फत निर्माण गर्ने प्रतिष्ठानका अध्यक्ष मानदत्त न्यौपानेले जानकारी दिए ।
क्याप्टेन न्यौपानेको निधन पछी पहिलो पटक गृह जिल्लामा सबैभन्दा ठुलो लागतमा प्रबेशद्धार निर्माण हुने भएको हो । प्रबेशद्धारमा प्रतिक्षालय,सौचालय,चमेनागृह,पानीको धारा,र द्धारको दुबैतिर क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको मुर्ती राखिने दिनेश न्यौपाने प्रतिष्ठानले जानकारी दिएको छ ।