कोभिड र ओभर टाइम भत्ता नपाएको भन्दै सेव बन्द गर्ने डाक्टरको चेतावनी

जैतुन अनलाइन | 2021-05-20

दुनै : जिल्ला अस्पताल डोल्पाका डाक्टरहरुले १० महिनादेखी कोभिड भत्ता पाएका छैनन । अस्पतालमा कार्यरत ५ जना डाक्टरहरुले कोभिड र ओभर टाईम भत्ता दश महिनादेखी नपाएपछि अन्तिम पटक  माग पत्र सहित स्वास्थ्य कार्यालय मार्फत प्रदेश मन्त्रालयलाइ ध्यानाकर्षण गराएका छन । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अम्मरसि‌ह शाहीलाइ पत्र बुझाउदै एक सातामा माग पूरा नभए सेवा दिन नसक्ने चेतावनी दिएका छन ।

अघिल्लो बर्ष पनि आन्दोलन नै गर्नुपर्यो यो पाली पनि आर्थिक बर्ष सकिन लाग्यो बारबार हामीलाइ सेवाबाट पाउने सुबिधाबाट बञ्चित गराईएको छ दश महिना भयो अब माग पूरा नभए सकिदैन डाक्टर मेलिना हमालले दुख ब्यक्त गरिन । डाक्टर महालले भनिन सबै स्वास्थ्यकर्मिले भत्ता पाए तर हामी डाक्टरले नै पाएनौ के हामी स्वास्थ्य क्षेत्रका हैनौ के हामी जोखिममा छैनौ सरकारले सौतेनी ब्यवहार गरेकोले माग पूरा नभए सेवा अबरुद्ध हुने ठाेकुवा डाक्टरहरुले गरे ।

कोरोना महामारीको बेलामा रातदिन नभनि काम गर्दा पनि सरकारले काेभिड भत्ता र ओभर टाईम भत्ता नदिएपछि काम गर्ने जोस समेत कम हुदै गएकाे र मनोबल समेत कम भएको डाक्टर राजसिँह धुरेलले पिडा सुनाए । पाउने सेवा नै नपाए यो समयमा कसरी काम गर्नु निकै निरासा ब्यक्त गरे । डाक्टरको माग पत्र बुझदै निमित्त स्वास्थ्य प्रमुख अम्मरसिँह शाहीले भने म निरन्तर लागेको छु आफुले सकेको सबै सहयोग गर्नेछु । आफुले अस्पतालमा स्वास्थ्यकर्मी कम भएकोबेलामा थप जनशक्ती माग गरेकोले हाल कार्यरतको मनाेवल गिराउने काम हुन नदिने र सेवा नरोकिदिन डाक्टरहरुलाइ अनुराेध गरे ।

हरेक दिन कोरोनाका बिरामी मृत्यू भएका  छन अक्सिजन अभाब छ त्यसैमा पाचैजना डाक्टरले सेवा रोके नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता आउनेछ । यो अबस्थामा जनशक्ती थप गर्नुको साटो भएकाको समेत पाउने सेवा रोकिनु निन्दनिय भएको भन्दै तत्काल सेवा प्रदान नगरे ठुलो रुप लिने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले खबरदारी गरे ।

जिल्ला अस्पताल डोल्पामा हाल ५ जना मात्रै डाक्टरहरु छन । भएका मध्य पनि तिनजना मात्रैले धेरै सेवा दिनुपर्ने बाध्यता रहेको छ उनैले सामान्य बिरामी हेर्छन भने उनैले कोभिडका बिरामी हेरी रहेका छन । प्रदेश सरकारले अरु जिल्लामा  एक दर्जन डाक्टर पठाउदा डोल्पामा स्थायी डाक्टर बिहिन रहेको छ ।