दुनै : दोस्रो चरणको कोरोना भाईरसबाट डोल्पामा एक जनाको ज्यान गएको छ । कोरोना सक्रमण भएपछि जिल्ला अस्पतालमा उपचारकै मगलबार बिहान ११ बजे मृत्यू भएको हो । बैशाख ३१ गते त्रिपूरा सुन्दरी नगरपालिका ३ बाट उपचारको लागि जिल्ला अस्पताल पुगेकी ४५ बर्षकी एक महिलाको कोरोनाको कारण ज्यान गएकाे कोरोना फोकल पर्सन टेकबहादुर गूरुङ्ले जानकारी दिए ।
जिल्ला अस्पतालको आइशाेलेसनमा उपचारमा रहेकी महिलाको ज्यान गएपछि डोल्पाका नागरिक त्रसित भएका छन । प्रहरी प्रशासनले हरेक दिन कडाई गरि रहेको छ यहि जेष्ठ ७ गते सम्म जिल्ला कोभिड सकट ब्यवस्थापन समितिले निषेधाज्ञा गरेको छ । हाल सम्म ६६ जना सक्रमित मध्य ३८ जना स्वास्थ लाभ लिएर घर फर्किएका छन भने २७ जना सक्रिय सक्रमित छन र एक जनाको ज्यान गएको छ ।