दुनै : डोल्पामा बन जोगाउन ग्यास बितरण गरिएको छ । जिल्लाको काईके गाउँपालिकाले एक करोड एक लाख बराबरको रकममा सबै घरधुरीलाइ बन जोगाउन भन्दै ग्यास बितरण गरेको हो । काईके गाउँपालिकाले आफनो स्थानीयतहका एक हजार पाचास घरधुरीलाई ग्यास चुलो र दुई हजार एक सय शिलिन्डर बितरण गरेको गाउँपालिका अध्यक्ष अंगदकुमार रानाले जानकारी दिए ।
रानाका अनुसार बन बिनास रोक्न सबै घरधुरीलाइ एक थान ग्यास चुलो र दुई थान ग्यास शिलिन्डर अनुदानमा बितरण गरेको बताए ।
गाउँपालिकाका सातवटै बडाका कुल ८ सय घरधुरीलाइ ग्यास बितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत सम्झना अधिकारीले बताईन । ग्यास पाउदा स्थानीयहरु निकै खुसि भए यसरी स्थानीय सरकारले घरघरमा अनुदानमा ग्यास प्रदान गरिदिदा सबैभन्दा धेरै महिलाहरु खुसि भएको अधिकारीले दावी गरिन ।
बन बिनास पनि हुदै गएको छ महिलाहरुले निकै दुख पाएका छन महिलाको स्वास्थ्यलाइ पनि ख्याल गर्दै स्थानीय सरकारले ग्यास चुलो र शिलिन्डर बितरण गरेको वडा नम्बर २ का अध्यक्ष तेजेन्द्रबहादुर बुढाले दावी गरे ।
हामीले पहिलो प्राथमिकता भनेको महिला,बृद्धालाइ कामको भार कम गर्न र भान्सामा सहजताको होस भन्ने हेतुले घरघरमा ग्यास बितरण गरेको र यसरी अनुदानमा पाएको ग्यासको सहि सदुपयोग हुनेमा बिश्वस्त रहेको वडा नम्बर ७ का अध्यक्ष काईके गाउँपालिकाका प्रबक्ता रामचन्द्र रोकायले बताए ।
स्थानीय सरकारले पहिलो पटक यति राम्रो सेवा प्रदान गरेर आफुलाइ सहजता बनाइदिएको भन्दै स्थानीय मानबहादुर ठकुल्लाले खुसि ब्यक्त गर्दै गाउँकार्य पालिकालाइ धन्यबाद ज्ञापन गरे ।
स्थानीय सरकारले बितरण गरेको ग्यास चुलो र शिलिन्डर पछि भने स्थानीयले आफनै खर्चमा शिलिन्डर भर्नुपर्ने छ । ग्यास पाएका स्थानीयले खुसि ब्यक्त गर्दै भने हामी खुसि छौ तर सबैलाइ चालउन आउदैन केही जानकार प्राबिधिले सिकाईदिने ब्यवस्था पनि गरिदिए आभारी हुनेछौ । एक कार्यक्रमका बिच काईके गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सम्झना अधिकारी वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुले कोरोना बाट बच्ने सुरक्षा मापदण्ड अपनाएर नागरिकलाइ बितरण गरेका थिए । काईक गाउँपालिकामा ग्यास बतिरणका लागी कर्णाली प्रदेशले आर्थिक सहयोग गरेको हो ।