दुनै : डोल्पामा निषेधाज्ञा जेष्ठ ७ गते सम्म थप गरिएको छ । जिल्ला कोभिट सकट ब्यवस्थापन केन्द्र DCCMC को बिहिबार बसेको बैठकले निषेधाज्ञा जेष्ठ ७ गते सम्म थप गरेको हो । बैठकले बैशाख २१ गते राती १२:०० बजेबाट ३१ गते सम्म १० दिनको निषेधाज्ञा गरेको थियो भने पुन बिहिबार जेष्ठ १ गते बिहान ४ बजेबाट लागु हुनेगरि थप निषेधाज्ञा गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए ।
कोरोना भाईरसले डोल्पालाइ पनि अछुतो नराखेको र दैनिक सक्रमित बढि रहेकाले रोकथाम र नियन्त्रणका लागि नागरिकलाइ साथ दिन आग्रह गरिएको छ । जष्ठ १ गतेबाट अत्यावस्यक सेवा प्रदान गर्ने कार्यालहरु बाहेक अरु सबै कार्यालहरु ७ गते सम्म बन्द गर्ने र बैङ्कहरुले एक चौथाई कर्मचारीहरुबाट सेवा प्रदान गर्न निर्णय गरेको छ । मानिसको आउजाउलाइ बिशेष कडाइ गरिने पिसिआर र एनटिजिन परिक्षणबाट सक्रमित भएका बिरामीलाइ होम आईशोलेसनमा ब्यस्थापन गरिने । स्थानीय तहले आफना स्थानीय तहमा सक्रमित भएकालाइ ब्वस्थापन गरि चेकजाँचमा कडाई गर्ने जस्ता निर्णहरु गरिएका छन ।
त्यसैगरि दुनै त्रिपूराकोट र जुफाल बजार बिहान ९ देखी १२ बजे सम्म मात्रै खुल्नेछन भने अरु २१ गतेकै निर्णयहरुलाइ कार्यान्वन गर्न जिल्ला कोभिट सकट ब्यवस्थापन केन्द्र DCCMC ले निर्णय गरेको छ । कुनैपनि नागरिकले कोही नया मानिस गाउँमा आउ प्रहरीलाइ खबर गर्न प्रमुख जिल्ला अधकारीले आग्रह गरेका छन । यो सकटको बेलामा स्थानीयले साथ दिएमा मात्रै कोरोनाबाट जोगिन सकिने र नागरिकले ठुलो दुर्घटना ब्यहोर्नु नपर्ने प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ ।
हाल सम्म जिल्लामा ५० जना भन्दा धेरै सक्रमित छन भने एक दर्जन भन्दा धेरैले स्वास्थ लाभ लिएर घर फर्कि सकेकाछन ।