बिपतमा कर्मचारीको राहात कोष डोल्पामा कार्यरत जुम्ली कर्मचारीहरुद्धारा समिति गठन

जैतुन अनलाइन | 2021-05-13

दुनै : नया भेरियन्स सहितको कोरोना भाइरसले दिनानु दिन नागरिकको ज्यान लगि रहेको बेलामा यो महामारीसँग जुध्न कर्मचारीहरु पनि सक्रिय भएका छन । बिपतको बेलामा सबै आ आफ्नो क्षेत्रबाट लागेमा महामारीसँग लड्न सकिने भन्दै डोल्पामा कर्मचारीले बिपत ब्यवस्थापन समिति गठन गरेका छन ।

जुम्ला जिल्लामा  घर भएर डोल्पा जिल्लाका विभिन्न सरकारी निकायमा कार्यरत  कर्मचारीहरुले पहिलो पटक बिपत ब्यवस्थापन समिति गठन गरि राहात कोषको थानली गरेका हुन । जुम्लाका डोल्पामा कार्यरत कर्मचारीहरुले थालेकाे बिपत अभियानमा अन्य  व्यवसायीहरुले पिन साथ दिएका छन ।

नेपालमा  पछिल्लो समयमा बिकरला  बन्दै गएको कोरोना संक्रमणसँग कृषि विकास बैंक डोल्पाका शाखा प्रबन्धक गोर्खबहादुर बुढ्थापाको संयोजकत्वमा ११ सदस्य विपद् समिति गठन गरिएको जगदुल्ला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज जैसीले जानकारी दिए । जैसीले भने जुम्ला घर भइृ डोल्पामा कार्यरत कर्मचारीहरुले याे बिपत ब्यवस्थापन समिति गठन गरेर रकोषको थालनी गरेपिन कुनैपनि नागरिकले स्वईच्छा काेषमा रकम जम्मा गर्न पाउने छ ।

जुम्लाका डोल्पामा कार्यरत कर्मचारीहरुले यस भन्दा पहिला पनि कोही कर्मचारीलाइ समस्या परे एक जुट भएर उद्धार गर्ने गरेका छन । कोरोना महामारीको बेलामा थोरै भएपिन बिपत ब्यवस्थापन समितिले जम्मा गरेको राहात रकमले कोही कसैलाइ पनि सहयोग हुनेमा बिश्वस्त रहेको अध्यक्ष बुढथापाले बताए । बुढथापाले भने हामी ५ लाख भन्दा माथि रकम स‌कलन गर्नेछौ र कुनैपनि कर्मचारीलाइ स‌कटको बेलामा सहयोग गर्नेछौ ।

समितिको सदस्यहरुमा विष्णुभक्त चौलागाई, केशवराज जैसी, हस्तबहादुर बुढा, मुनप्रसाद जैसी, जनकबहादुर अधिकारी, विर्षबहादुर भण्डारी, अमरसिंह रावत, जयशंकर धिताल, विष्णुबहादुर शाही र कमल बोहोरा रहेका छन् । नव गठित समितिले कर्मचारी तथा व्यवसायीबाट प्रति व्यक्ति रु.पाँच हजार संकलन गर्ने र कोभिडको संभावित विपद् व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको संयोजक बुढ्थापाले जानकारी दिए।

डोल्पामा  कोभिड संक्रमित भईहाले बिरामीलाई तल लैजान डोल्पामा हेलिकोप्टरको  बाहेक अरु कुनै विकल्प छैन सबैले हेलीकप्टर चार्टर गर्न सक्दैनन। हामीले भली आउने स‌कटस‌ग जुध्न बिपत ब्यवस्थापन समितिको गठन गरि आर्थिक कोष खडा गर्ने प्रयत्न गरेका हौ बुढथापाले दावी गरे । पहिलो दिन नै कर्मचारी तथा व्यवसायी गरेर करिब ८० हजार भन्दा धरै रकम स‌कलन भईसकेको समितिले जानकारी दिएको छ ।

जुम्ला स्थायी घर भई डोल्पामा कार्यरत जुम्लाका कर्मचारीले अनिवार्य रुपमा ५ हजार भने कोषमा जम्मा गर्नुपर्नेछ । संकलित कोषलाई सञ्चालन तथा व्यवस्थापन गर्न विष्णुभक्त चौलागाई, जनकबहादुर अधिकारी र विर्खबहादुर भण्डारीको नाममा कृषि विकास कार्यालय डोल्पामा खाता सञ्चालन गर्ने निर्णय समेत गरेको समितिले जानकारी दिएको छ  ।