डोल्पाका सबै पाटनहरुमा यार्सागुम्बा संकलनमा पूर्ण रुपमा रोक

जैतुन अनलाइन | 2021-05-09

दुनै : डोल्पाका बिभिन्न हिमाली पाटनमा पाइने यार्सागुम्बा संकलनमा रोक लगाएको छ । हरेक बर्ष जेष्टको पहिलो सातामा सबैका लागि खुला गरिने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनमा भने यो बर्ष पूर्ण रुपमा रोक लगाईएको हो । ।
जिल्ला बिपत ब्यवस्थापन समितिको आईतबार बसेको बैठकले कोरोना महामारि झनै फैलिएको र यार्सागुम्बा संकलनका क्रममा हजारौ मानिसहरु जिल्लामा आउने भएकोले स्थीती भयाबह हुने भन्दै संकलनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढकालले जानकारी दिए ।
यो महामारिको बेलामा यार्सा संकलन सम्भब नभएको र कोरोना नियन्त्रण भन्दा बाहिर जाने खतारा भएकोले पूर्ण रुपमा रोक लगाएको प्रजिअ ढकालको भनाई छ ।
यहि १७ गते जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा यार्सागुम्बा संकलन जेष्ट १० गतेदेखी खुला गर्ने निर्णय सर्बदलिय बैठकले गरेको थियो ।
हरेक बर्ष डोल्पाका सयौ पाटनमा बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनका लागी सर्वसाधारणलाइ खुला गर्ने गरिन्थ्यो भने हजारौ मानिस डोल्पाका पाटन पुग्ने गर्दथे ।

जिल्ला प्रशासन र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा पाटन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेपनि डोल्पाका पाटनहरुमा भने लुकेर चोरी गर्नेहरु भने पाटनमै बसेका छन । जगदुल्लाको पाटनमा चोरीमा गएका एक यूवकको लेक लागेर ज्यान समेत गइृ सकेको छ।