ठेकेदारले जडान नगरेर अक्सिजन प्लान मेसिन थन्कीयो बिरामीलाइ शिलिन्डरको अक्सिजनको जोहो गरिदै

जैतुन अनलाइन | 2021-05-09

दुनै : जिल्ला अस्पताल डोल्पामा अक्सिजन प्लान थन्किएको छ । दुई साता पहिले जिल्ला अस्पतालमा अक्सिजन प्लानको सामाग्री पुगेपनि ठेकेदारले प्राबिधिक नपठाएर मेसिन थन्किएको हो । सामाजिक बिकास मन्त्रालय मार्फत स्वास्थ्य कार्यालय डोल्पाले २९ लाखमा खरिद गरेको अक्सिजन प्लान मेसिन अस्पतालको कोठामा थन्किएको छ तर यता बिरामीहरुलाइ भने चाहिएको बेलामा शिलिन्डरको जोहो गरि रहनु परेको छ ।
ड्रागन मेडिटेक प्रा.लि.सुर्खेतले खरिदको जिम्मा पाएर चिनबाट २९ लाखमा खरिद गरेको अक्सिजन प्लान मेसिन जडान गर्ने बायोमेडिक ईन्जीनियर नभएको भन्दै पेलि रहेको निमित्त स्वास्थ्य प्रमुख अमरसिँह शाहीले जानकारी दिए । निमित्त स्वास्थ्य प्रमुख शाहीका अनुसार बारम्बार ताकेता गर्दापनि आफहरुसँग बायोमेडिक ईन्जिनियर दुईजना रहेकोले सबैतिर भ्याउन नसकेको बताउने गरेको बताए । ड्रागन मेडिटेक प्रा.लिले यहि महिनामा जडान गरि सक्ने सम्झौता गरेपनि पछिल्लो समय ब्यवास्ता गरेको स्वास्थ्य कार्यालयको आरोप छ ।
हाल अस्पतालमा थन्किएर रहेको अक्सिजन प्लान मेसिनले प्रति घण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तिमा पनि २५ देखी ३० बेडमा पाईप मार्फत अक्सिजन दिन सकिने डाक्टर मेलिना हमालले जानकारी दिईन । डाक्टर हमालले भनिन अक्सिजन प्लान जडान भए निकै सहज हुनेछ शिलिन्डरबाट बिरामीको उपचार गर्न भने अनुसार सहज छैन तर पनि बाध्यता छ ।

हाल जिल्ला अस्पतालमा बिजुलीबाट चल्ने अक्सिजन कन्सनटेटर ५ वटा छन त्यसैबाट बिरामीकाे उपचार भइ रहेकाे छ । दुइृ शिलिन्डर अक्सिजन भरीछन भने एक आधा छ ४ वटा नेपालगञ्जमा भर्नको लागी पठाएको अन्य ७ वटा शिलिन्डर खाली नै रहेको स्वास्थ्य प्रमखु शाहीले जानकारी दिए । जिल्ला बिपत ब्वस्थापन समितिले भने दुनै रहेको १० बेडको आईशोलेसन र अस्पतालमा निर्माण हुने २० बेडको आईशोलेसनमा कर्मचारी ब्वस्थापन गर्न निर्देशन दिएको छ । तर अस्पालमा मात्रै पुग्ने जनशक्ती भएकोले बाहरि जान परे हात खडा गर्नुपर्ने बाध्यता रहेको डाक्टरहरु बताउछन ।

हाल सम्म जिल्लामा पछिल्लो  पटकको कोरोनाबाट ४२ जना स‌क्रमित रहेका छन । जस मध्य ६ जना स्वास्थ लाभ गरेर घर फर्किएका छन भने १ जनालाइ रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जानकारी दिएको छ । हाल सञ्चालनमा रहेको एम्बुलेन्सले कोरोना स‌क्रमित बिरामीलाइ भने निशुल्क बोक्ने छ ।

ठेकेदारले जडान नगरिदिदा जिल्ला अस्पतालको कोठामा थन्किएको अक्सिजन प्लान मेसिन