काईके गाउँपालिका पनि शिल जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक बिपत कोषमा

जैतुन अनलाइन | 2021-05-03

दुनै : काईके गाउँपालिका पनि शिल गरिएको छ । कोराना महामारिले झनै ठुलो रुप लिन थालेपछि नागरिकलाइ सुरक्षित रहन भन्दै गाउँ कार्यपालिकाले गाउँपालिका शिल गरेको हो । सोमबार बसेको कार्यपालिकाको बैठकले बैशाख २२ गतेबाट २८ गते सम्म शिल गरेको हो । हरेक नागरिकले घरमै बसेर कोराना भाइरसबाट जोगीन भन्दै गाउँपालिका शिल गरेको गाउँपालिकाका अध्यक्ष अ‌गदकुमार रानाले जानकारी दिए ।

अध्यक्ष रानाका अनुसार गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको पाउने भत्ता गाउँपालिकाको बिपत कोषमा राखेर नागरिकका लागि खर्च गर्ने निर्णय समेत गरेको जानकारी दिए । यो बेला आफुहरुसँगै जनता पहिलो प्राथमिकतामा बचाउनु पर्ने भएकोले पनि आफुहरुले पाउने भत्ता बिपतमा प्रदान गर्न लागिएको दावी अध्यक्ष रानाले गरे ।

कोरोना नियन्त्रणको लागि सरकारले कडा खालको लकडाउन गर्ने तयारी गरि रहेको बेलामा काईके गाउँपालिकाले आफ्नो गाउँपालिकाका नागरिकलाइ जनहितमा जारी सन्देश जारी गर्दै भिडभाड नगर्न सामाजिक दुरी कायम गरि स्वास्थ्यका न्यूनतम मापदण्ड पालना गरि कोराना महामारीबाट जोगिन अनुरोध गर्दै गाउँपालिका शिल गरेको प्रमुख प्रशासकिय अधिकृत सम्झना अधिकारीले जानकारी दिइन । अधिकारीका अनुसार स्थानीय सरकारले गर्न सक्ने पूर्व तयारी गरि रहेको र अब पनि कोराना रोकथामा निरन्तर लागि रहेको बताइन ।

कोरोना रोकथाम ब्यवस्थापनको लागी उपाध्यक्ष कुञ्जाङ् बुढाको अध्यक्षतामा कोभिड ब्यवस्थापन समिति पनि गठन गरिएको छ । जिल्लाबाहिरबाट गाउँपलिकामा आउने नागरिकले ४८ घण्टा भित्रको पिसिआर रिपोट अनिवार्य ल्याउनुपर्ने र १५ दिन स्थानीयतहले ब्यवस्थापन गरेको क्वारेन्टीनमा बस्नुपर्ने छ । स्वास्थ्य क्षेत्रका स्वास्थ्यकर्मिहरुलाइ कार्यालय समय बाहेक पनि काममा लाग्नुपर्ने भएकोले दश हजार जोखिम भत्ता दिने निर्णय गरिएकोले स्वास्थ्यकर्मिलाइ निर्धक्क काममा लाग्न गाउँपालिका अध्यक्ष रानाले आग्रह गरे ।

औषधी खरिद उपकरण खरिद क्वारेन्टीन ब्यवस्थापन स्वास्थ्यकर्मिको जनशक्ती ब्यवस्थापन गर्ने लगायत सबै तयारी गरिएको प्रमुख प्रशासकिय अधिकृत सम्झना अधिकारीले जानकारी दिइृन । यसका साथै कोराना रोकथामका लागि गाउँस्तरमा जनचेतना मूलक क्रियाकलाप पनि गरीने अधिकारीले बताइृन । कोरोना रोकथामको लागि सबै वडाका अध्यक्षहरुको नेतृत्वमा सचेतना गरिने गाउँपालिकाले जनाएको छ  ।