दुनै : जिल्ला प्रशासन कार्यालय डाेल्पाले दश दिनकालागि निषेधाज्ञा जारी गरेको छ । दैनिक कोरानाका बिरामी बढेपछि जिल्ला प्रशासन कार्यालयले १० दिनको लागि निषेधाज्ञा जारी गरेको हो ।
जिल्लामा कोभिड–१९ संक्रमणका बिरामिहरु दिनप्रतिदिन बड्न थालेपछि २१ बैैैशाख राती १२ बजेबाट लागुहुने गरि ३१ बैशाख राती १२ बजे सम्मकालागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
सोमबार दिउसो जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय सहित,संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ बमोझिम दश दिनकालागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशानले जनाएको छ ।
बैठकले निषेधाज्ञा अवधिभर दुनै,त्रिपुराकोट,जुफाल लगायतका बजारहरु बिहान ९ बजेबाट दिउसो १२ बजेसम्ममात्र खोल्न पाइने,शैक्षिक संस्था ट्युसन सेन्टरहरु पुर्णरुपमा बन्द गर्ने,अत्यावश्यक सामग्री तथा बिरामि ओसारपसारकालागि बाहेक सम्पुर्ण निजि तथा सरकारी सवारी साधन पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको प्रजिअ माधव प्रसाद ढकालले जानकारी दिए ।
बैठकले होटेल,रेष्टुरेन्ट,शैलुन,पुल हावस सबै समय पुर्ण रुपमा बन्द गर्ने तथा औषधि पसलहरु २४ घण्टा खुला राख्ने समेत निर्णय गरेको प्रजिअ ढकालले बताए ।
त्यसैगरि सरकारी कार्यालयबाट प्रवाहहुने अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवा बन्द गर्ने,यस बर्ष यार्सासंकलन गर्न दिने नदिने बिषयमा पुनःछलफल पछि टुंगोमा पु¥याउने तथा यदि संकलन अनुमति दिए यार्सासंकलनकालागि बाहिरबाट आउने नागरिकको हकमा अनिवार्य रुपमा कोरोना परिक्षण नेगेटिभ रिपोर्ट साथमा ल्याउनु पर्ने लगायतका निर्णयहरु गरेको छ ।
जिल्लाको कोरोना संक्रमणको अवस्थालाई मध्येनजर राख्दै जिल्लामा विभिन्न स्थानमा गरिने भेला,गोष्ठि,सेमिनार लगायतका जमघटहुने कार्यक्रम पुर्णरुपमा बन्द गर्ने,सामाजिक दुरी कायम गर्ने,मास्क लगाउने,साबुन पानीले हातधुने जस्ता न्युनतम स्थास्थ्यका मापदण्ड पुरा गर्ने,जिल्लाका स्थानीय तह मध्ये नगरपालिकाले २० बेडको र गाउँपालिकाले १० बेडको आइसोलेसन भवन तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।
होम आइसोलेसनमा राखिएका संक्रमितहरुको निगरानी सम्बन्धित स्थानीय तहले राख्ने र त्यसको समन्वय जिल्ला समन्वय समितिले गर्ने र जिल्ला भित्रन सम्पुर्ण नाकाहरु बन्द गर्ने समेत निर्णय गरिएको छ । निषेधाज्ञालाइ कडाइकासाथ लागुगर्ने प्रशासनले जनाएको छ ।