ह्ययापाटईटिस बि ले थला परेकी महिलाको भ्रमणमा रहेको सेनाको हेलिकप्टरद्धारा उद्धार

जैतुन अनलाइन | 2021-03-30

डोल्पा : नेपाली सेनाको भ्रमण रहेको टोलीले बिरामी महिलाको उद्धार गरेको छ । उत्तर पश्चिम पृतनापति र २४ नम्बरका बाहिनिपतिको डोल्पा हवाइ भ्रमणका क्रममा माथिल्लो डोल्पाको तिन्जेबाट बिरामी महिलाको उद्धार गरेको थियो ।
माथिल्लो डोल्पाको हिमाल अवलोकनका क्रममा शे–फोक्सुण्डो गाउँपालिका–४ बर्ष २३ की टिजिङखांडो गूरुङलाई हिमाल अवलोकनको भ्रमणमा रहेको उत्तर पश्चिम पृतनापतिको टोलीले उद्धार गरेको रामवाण गुल्मका गुल्मपति सेनानी अशोककुमार क्षेत्रिले जानकारी दिनुभयो ।
सेनानी क्षेत्रिका अनुसार स्थानीय स्वास्थ्यचौकिमा उपचार सम्भब नभएको र थप उपचार नपाए ज्यानै जाने भएको हुदा उनलाइ तिन्जेबाट भ्रमण टोलीले उद्धार गरि जिल्ला अस्पताल ल्याईदिएको र जिल्लामा पनि उपचार नभएर उनलाइ काटमाण्डौ पठाएको बताए ।


सेनाको हेलिकप्टरले उद्धार गरेर ल्याएको २३ बर्षिया महिलालाइ जिल्ला अीस्पतालमा उपचार गर्दा उनलाइ ह्याटाईटिस बि भएको र उनको पेटमा पानी जमेकोले करिब २ लिटर पानि निकालेपछि उनलाइ सास फेर्न सहज भएको जिल्ल अस्पतालका डाक्टर प्रशन्न कार्किले जानकारी दिए ।
डाक्टर कार्किका अनुसार उनलाइ ह्यापाटाईटिस बि को कारण कलेजो कम्जोर भएकाले डोल्पामा उपचार हुन नसक्ने भएपछि काठमाण्डौ रेफर गरिएको बताए । माथिल्लो डोल्पामा ह्यापाटाईटिस बि को प्रकोप उच्च भएकोले उनि पनि त्यहि रोगबाट ग्रसित भएकी हुन ।
नेपाली सेनाको भ्रमणदलमा रहेका उत्तर पश्चिम पृतानाका उपरथि बिज्ञानदेब पाण्डे र २४ नम्बर बाहिनिका सहयकरथि यामबहादुर सापकोटाले ह्यापाटाईटिस बि रागले थलापरेकि २३ बर्षया महिलालाइ उद्धार गरेर जिल्ला अस्पताल सम्म ल्याएको हो । यस लगायत पछिल्लो समय नेपाली सेनाको रामवाण गुल्मले समाजमा सचेतनाका काम देखि उद्धारका कामहरु गरि रहेको छ ।