फरक क्षमताका बालवालिकाको सारथी नेपाली सेनाको रामबाण गुल्म

जैतुन अनलाइन | 2021-03-26

दुनै :  नेपाली सेनाले दिनानु दिन समाज सेवाको काममा तिब्रता दिइरहेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको रामबाण गुल्मले पछिल्लो समय संरक्षणसँगै समाज सेवामा पनि काम गर्दै आएको हो । केहि दिन पहिला घरेलु प्रयोजनका ईन्धनबाट हुने खतराबाट बच्ने उपाय बारे सचेतना फैलाएको रामबाणले फरक क्षमता भएका वालवालिकाहरुलाइ समेत राहातका सामाग्रीहरु बितरण गरेको छ ।
रामबाण गुल्मको १८ औँ बार्षिक उत्सबको अबसरमा ध्रुबतार आधारभुत बिद्यालय अन्तरगत सञ्चालित अपाङ्ग स्रोत कक्षा मुकुटेश्वर अपाङ्ग सेवा समितिका २२ जना आवासिय बालवालिकाहरुलाइ राहात बितरण गरेको रामबाण गुल्मका गुल्पति सेनानी अशोक कुमार क्षेत्रिले जानकारी दिए ।
मेजर क्षेत्रिका अनुसार दाल,चाम,नुन,तेल लगायत ७० केजि खाद्यान्न र २२ थान सिरक,डस्ना फरक क्षमता भएका आवासिय बालवालिकाहरुका लागि बितरण गरेको बताए । बिद्यालयका अध्यक्ष जसबहादुर बि.क.र अपाङ्ग सेवा समितिका अध्यक्ष चन्द्रबहादुर रोकायालाइ संयूक्त रुपमा हस्तन्त्रण गरेको रामबाण गुल्मले जनाएको छ ।

फरक क्षमता भएका बालवालिकाहरुलाइ राहात हस्तान्त्रण गर्दै रामबाण गुल्मका गुल्मपति ।

रामबाण गुल्मको १८ औँ बार्षिक उत्सबकै अबसरमा फरक क्षमता भएका आवासिय बालवालिकाहरुको सेवा गर्न पाउनुले नेपाली सेना निकै उत्साहित रहेको र समाज सेवाका काममा निरन्तर नेपाली नागरिकसँगै रहेको रामबाण गुल्मका गुल्मपति सेनानी अशोककुमार क्षेत्रिले बिश्वास दिलाए ।
निकुञ्ज क्षेत्रको संरक्षण साथसाथै समुदायमा पनि सेनाले काम गर्ने र समाजमा हुने कुनैपनि घटना तथा बिपतमा नेपाली सेना अग्र स्थानमा रहनेमा बिश्वस्त हुन नागरीकलाइ सेनाले आग्रह गरेको छ ।
एकै पटक ठुलो संख्यामा राहात पाएपछि अपाङ्ग सेवा समितिका अध्यक्ष चन्द्रबहादुर रोकायाले सेनालाइ धन्यबाद दिदै भने हाम्रो लागि नेपाली सेनानै सारथि बनेको छ । यो रहातले आवासमा रहेका २२ जना फरक क्षमता भएका बालवालिकाहरुको ठुलो राहात भएकोले सेना प्रति अहिले सम्मकै सबैभन्दा ठुलो श्रय जाने रोकायाले दावी गरे । मुकुटेश्वर अपाङ्ग सेवा समितिको आवासमा फरक क्षमता भएका टुहुरा तथा असाय बालवालिकाहरु बस्ने गर्दछन ।