जिल्ला प्रशासनले हटायो ढाड जिपको भाडा घट्यो यात्रुले ३०० मात्रै तिर्नुपर्ने

जैतुन अनलाइन | 2021-03-25

दुनै :  डोल्पामा पुन जिपको भाडा दर घटेको छ ।  त्रिपुरासुन्दरी नगरपालिकले वडा नम्बर ३ को सूपानि र ठुलीभेरी नगरपालिकाले वडा नम्बर ९ मोतिपूरमा ढाड राखेर शुल्क लिने गरेको कारण यात्रुले थप ५० रुपैया तिर्नु परेको थियो । जिल्ला प्रशासन कार्यालय डोल्पाले यात्रुको गुनासो सम्बोधन गर्दै सदरमुकाममा चल्दै आएका निजि जिपहरुको भाडादर घटाएको हो ।
जिल्ला प्रशासन कार्यालयले सड्कमा स्थानीय सरकारले मनपरि रुपमा अनाबश्यक कर उठाएको भन्दै ढाड हटाएपछि निजि जिपको भाडा प्रति यात्रु ५० रुपैया घटेर ३०० मा कायम भएको प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढकालले जानकारी दिए ।
राष्ट्रिय राजमार्गमा सडक बाेर्ड नेपालले मात्रै बोड राख्न  पाउने भएकाले बिगत एक बर्षदेखि स्थानीय सरकारले राखेका अबैधानिक ढाड जिल्ला प्रशासनले प्रहरी परिचालन गरि हटाएको सहयाक प्रमुख जिल्ला अधिकारी दिनेश शर्माले बताए ।
सड्क डिभिजन कार्यालय चौरजहारीले बारम्बार हटाउन पत्राचार गरेपनि स्थानीय सरकारले अटेरी गरेपछि जिल्ला प्रशासनले प्रहरी परिचालन गरि ढाड हटाएको र जिप ब्याबसायिहरुसँग छलफल गरि भाडादर घटाएको प्रजिअ ढकालले जानकारी दिए ।
प्रजिअ ढकालले भने नागरिक मारमा थिए र स्थानीय सरकारले राखेका ढाड नियम बिपरित थिए हटायौ र नागरिकले अब जिप चढ्दा पनि पचास रुपैया कम तिर्नुपर्ने छ । जुन सुकै सरकार भएपनि नियम बिपरित र नागरिक मर्कामा पर्ने गरि भएका क्रियाकलापको निगारी र आवाश्यक कारवाही जिल्ला प्रशासनले गर्नेमा बिश्वस्त रहनुस ।
सदरमुकाम दुनैबाट जुफाल र सूपानि सम्मको १४ किलोमिटर सड्कमा निजि जिपहरुमा यात्रुले प्रति यात्रु ३५० रुपैया तिर्दै आएका थिए । भाडा घटेसँगै यात्रु खुसि छन भाने स्थानीय सरकारले राखेका ढाडले जिप ब्यावसायिको ढाड सेक्नबाट जिप ब्यावसायि पनि मुक्त भएका छन ।