कर्णालीका मुख्यमन्त्री शाही वाइफाइ उद्घाटन गर्न शे–फोक्सुण्डो पुगे

जैतुन अनलाइन | 2021-03-21

दुनै : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले डोल्पाको शे–फोक्सुण्डो ताल पुगेर निशुल्क इन्टरनेट सेवाको उद्घाटन गरेकाछन् । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले निशुल्क जडान गरेको इन्टरनेट सेवा उद्घाटनकालागि आइतबार मुख्यमन्त्री शाही माउन्टेन एयरको हेलिकप्टरमा फोक्सुण्डो ताल पुगेकाहुन् ।
उनिसँगै कम्पनीका अध्यक्ष दिलिप अग्रवाल,सिइयो केशब नेपाल पनि फोक्सुण्डो पुगेकाहुन् ।हेलिकप्टर चार्टर कम्पनीलेनै गरेको बताइएको छ ।


फोक्सुण्डो ताल सुन्दर पर्यटकिय गन्तव्य भएर पनि ओझेलमा परेकाले थोरै भएपनि प्रसार–प्रसारहोस भनेर ताल नजिकै निशुल्क इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ । इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निशुल्क पाँचसय एम.बी प्रयोगगर्न सकिने कम्पनीको प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए ।निशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो घुम्न आउने पर्यटकहरुकालागि सञ्चार सम्पर्कमा रहन सहजहुनुका साथै पर्यटकले मनोरञ्जन समेत लिने अपेक्षा गरिएको निकुञ्जका निमित्त वार्डेन गोपाल खनालले बताए ।