डोल्पामा भुमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला कार्यालय स्थापना

जैतुन अनलाइन | 2021-03-17

दुनै : डोल्पामा भुमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला कार्यालय स्थापना भएको छ । पहिलो पटक जिल्ला समन्यव समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना भएको हो ।
जिल्लामा रहेका भुमिहिन तथा सुकुम्बासिहरुको भुमिको समस्या समाधान गर्ने उद्धेश्यले सरकारले जिल्लामै जिल्ला समितिको कार्यालय स्थापना गरेकोले सबैले यस्को फाइदा लिनेमा बिश्वस्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश शर्माले बताए ।
भुमिको बितरण तथा जग्गाको लालपूर्जा सम्म दिन सक्ने अधिकार स्थानीय तहलाइ भएको कारण स्थानीयतह र आयोग बिचको दोहोरो सहकार्यमा जाने ठुलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले प्रतिबद्धता जनाए ।


दिप प्रज्यवलन गरेर ब्यानर खोली स्थापना गरिएको आयोगको कार्यालयले डोल्पामा रहेका भुमिहिन,सकुम्बासिका समस्या समाधान हुने र एकिकृत बस्तिहरुलाइ समेत ब्यबस्थित बनाउनेमा सबैले हातेमालो गरेर गएमा आयोगको कामले सार्थकता पाउने जिल्ला समन्य प्रमुख शेरबहादुर बुढाले बिश्वास ब्यक्त गरे ।
डोल्पामा भौगोलिक बिकटता रहेकोले पनि काममा कठिनाइ रहेको र पुग्ने जग्गा नभएको तर जग्गा नभएका कोहि पनि नभएकाले कुनैपनि नागरिकले भुमि बिहिन हुन नपर्ने गरि आयोगको टोलीले काम गर्ने भुमि समस्या सामाधान आयोग डोल्पाका अध्यक्ष धनचन्द्र बैजिले उद्यघोष गरे । बैजिले भने भुमि हिन हरेक नागरिकका समस्या समाधान हामि गर्नेछौ सबैले साथ दिनुहोस ।
आयोगको जिल्ला समितिको कार्यालय स्थापना भएसँगै नगरपालिका तथा गाउँपालिका र वडा स्तर सम्म समिति गठन हुने आयोगले जानकारी दिएको छ । हाल जिल्लामा ७ सदस्यि जिल्ला समितिको कार्यालय रहने छ ।