डोल्पाको त्रिपूरा सुन्दरी नगरपालिकामा जेसिबि दुर्घटना,एक जनाको मृत्यु,एक घाइते

जैतुन अनलाइन | 2021-03-17

दुनै : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रुम गाउँ नजिकै डोजर दुर्घटना भएको छ । सुलिगार्ड देखि फोक्सुण्डो जाने सडक खन्ने क्रममा बुधवार बिहानै करिब ६ बजेतीर भएको दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकाछन् ।मृत्युहुनेमा जाजरकोट जिल्ला नलगाड नगरपालिका ११ बस्ने हरिबहादुर सिँहको छोरा बर्ष १७ का हेमराज सिँह रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
सिँहको डोजरमा च्यापियर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेहुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ बस्ने बर्ष १५ का एकराज बुढाको हात खुट्टामा चोट लागेकाले मध्यम घाइते भएको डिएसपी पाण्डेले बताउनुभयो ।
उनको हात खुट्टामा चोट लागेकाले उपचारकालागि त्रिपुराकोट तर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
डोजर अप्रेटर अनमोल सिँह फरार रहेकाले खोजी गर्नुका साथै दुर्घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
डोजर सडकबाट करिब ३०० सय मीटर तल खसेको थियो । डोजर धनी जाजरकोट जिल्ला नलगाड नगरपालिकाका अन्तर्गत पर्ने सिउन बस्ने भिम बाहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।