राष्ट्रिय जनगणनाको डोल्पामा जिल्ला कार्यालय स्थापना

जैतुन अनलाइन | 2021-03-14

दुनै : डोल्पामा पनि राष्ट्रिय जनगणनाको  जिल्ला जनगणना कार्यालयको उद्घाटन गरिएको छ । “मेरो जनगणना मेरो सहभागीता” भन्ने मुल नाराको साथ १२ औँ राष्ट्रिय  जनगणना २०७८ जिल्ला कार्यालय डोल्पा सदरमुकाम दुनैमा स्थापना गरिएको हो । आईतबार एक कार्याक्रमका विच निमित्त प्रमुख जिल्ला अधिकारी तथा जिल्ला जनगणना संयोजक दिनेश शर्मा र जिल्ला समन्वय समिति डोल्पाको प्रमुख सेर बहादुर बुढाले संयूक्त जिल्ला जनगणना कार्यालयको उद्घाटन गरेका हुन ।

नेपाल सरकारको केन्द्रीय तथ्यांक विभागले हरेक दश बर्षमा राष्ट्रिय जनगणना गर्नेगर्दछ ।  वि.सं १९६८ देखी जनगणना संचालन गर्दै आए अनुसार यस बर्ष हुने राष्ट्रिय जनगणना  १२औँ जनगणना  हो । २०७८ जेष्ठ २५ देखी असार ८ गते सम्म डोल्पा जिल्ला लगायत देशका ७७ वटै जिल्लामा जनगणना एकैसाथ गरिने जनगणना अधिकृत पदम खत्रिले जानकारी दिए । डोल्पामा प्रदेश निर्वाचन क्षेत्र अनुसार क क्षेत्रमा ३८ गणक ९ सुपरिवेक्षक र ख क्षेत्रमा ४३ गणक १० सुपरिबेक्षक खटाइने छन  । क क्षेत्रमा ठुलीभेरी नगरपालिका छार्काताङ्साेङ् गाउँपालिका काईके गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिका रहेका छन भने ख क्षेत्रमा त्रिपूरा सुन्दरी नगरपालिका मुड्केचुला गाउँपालिका जगदुल्ला गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिका रहेका छन ।

डोल्पा जिल्ला भौगोलिक हिसावले ठुलो र विकट जिल्ला भएको कारण सोही समय अनुसार सवै सँग सहकार्य गरेर काम गर्न जिल्ला समन्वय समिति डोल्पाका प्रमुख सेर बहादुर बुढाले आग्रह गरेका छन । बुढाले भने यो सबैकाे लाग महत्वपूर्ण कार्यक्रम भएकोले एक साथ हातेमालो गरेर सफल पारेर जानुपर्छ । डोल्पा भौगोलिक हिसाबले निकै कठिन रहेकोले  अध्ययन छलफल गरी सोही अनुसार कामकाज सुरु गरिने निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश शर्माले बताए । जिल्लामा स्थापना भएको  जनगणनाको कार्यालयले २०७७ चैत्र १ गते देखि २०७८ असार मसान्त सम्म सम्पुर्ण काम गरि सरकारको लक्ष्य पूरा गर्ने  जिल्ला जनगणना कार्यालय डोल्पाका प्रमुख पदम खत्रीले जानकारी दिए ।