कर्णालीको कथा समेटिएको कारुनिक म्यूजिक भिडियो “रेलको बाटो” सार्वजानिक (भिडियो सहित)

जैतुन अनलाइन | 2021-03-12

डोल्पा : कर्णाली जस्तै दुर्गम र सड्क नपुगेका जिल्लाको तिथो कथाको भाब बोकेके गित रेलको बाटो पुग्दैछ रे म्यूजिक भिडियो सार्वजानिक भएको छ । निकै कारुनिक शब्द र खासमै कर्णालिको पिडा झल्किने म्यूजिक भिडियो भने डोल्पामा पहिलो पटक आधिकारीक रुपमा छाँयाङ्कन भएको छ । डोल्पाको त्रिपूरा सुन्दरी क्षेत्र र फोक्सुण्डो ताल क्षेत्रमा छाँयाङ्कन गरिएको म्यूजिक भिडियो अत्याधिकले रुचाएको पाइन्छ ।

काठमाडौंमा रेल सञ्चालनको योजना बन्दै गर्दा कर्णालीका विकट जिल्लाहरुको अवस्था कस्तो होला ? यो कथा ‘रेलको बाटो’ गीतले बोलेको छ। सुरज पण्डितको स्वरमा रहेको गीतमा अहिलेसम्म हुम्लामा मोटर नपुगेको कथा छ। यसै गीतको म्युजिक भिडियोमा कर्णाली प्रदेशअन्तर्गत हुम्लाको छिमेकी जिल्ला डोल्पाको दृष्य छ, जसले विकटताको चित्र प्रदर्शन गरिएको छ।

दिनहुँ हामी विभिन्न विकासका समाचारहरु पढ्छौँ, सुन्छौँ, हेर्छौँ। बाटो फराकिलो बनाएको, कालोपत्रे गरेको, रेल आएको, पानी जहाज छिटै आउँदै ! झट्ट सुन्दा नेपाल अब छिटै विकसित देशको सूचीमा पर्छ जस्तो लाग्छ। तर, जहाँ बाटो पुगेको छ, फराकिलो हुँदै छ रेलको लिक राखिँदैछ, अग्ला अग्ला बिल्डिङ बन्दैछन् त्यही मात्र नेपाल हो त? देशका कति गाउँमा अझै पनि नुन किन्न घण्टौँ हिँड्नुपर्छ, सिटामोल नपाएर ज्यान गुमाउनुपर्छ, स्कुल हिँडेका नानीबाबुहरू तुइनबाट खसेर ज्यान गुमाउनुपर्छ। यसको उदाहरणको रूपमा कर्णालीका विभिन्न गाउँलाई लिन सकिन्छ। लेखराज गिरीको शब्द रहेको गीत रेलको बाटोले यस्तै वेदना बोलेको छ।

कलाकार जिबी चिरन (चिरन्जीबी सापकोटा), सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय रहेको म्युजिक भिडियोमा डोल्पाको विकटता, विवशतालाई देखाइएको छ।

दुर्गम गाउँको दैनिकी कति विकराल छ ? स्वास्थ्य र यातायातका न्यूनतम पूर्वाधारहरुको अभावमा कति असहज छ भन्ने कुरा गीतको भिडियोमार्फत् देखाइएको छ। केही दिनअघि यो गीतको छायांकनका लागि शे–फोक्सुण्डो पुगेको कलाकारहरुको टोलीका केही सदस्य ‘हाईअल्टिच्युड’ को मारमा परेको थियो। उनीहरुलाई नेपाली सेनाले उद्धार गरेर सुर्खेत ल्याएको थियो।

सुरज पण्डितकै संगीत रहेको गीतमा लेखराज गिरीको शब्द छ। कमल सौरागको एरेन्ज रहेको गीतको मिक्सिङ कुमार रानाले गरेका हुन्। त्यस्तै भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन् भने भिमसेन कायल ठकुरीको छायांकन र पदम सुवेदीको सम्पादन छ।  गीतको अफिसियल म्युजिक भिडियो आहा टिभीबाट बिहीबार साँझ सार्वजनिक गरिएको छ।

भिडियो हेर्न तलको लिङ्क थिच्नुहोस