नेपाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र) डोल्पाको पार्टी कार्यालय स्थापना

जैतुन अनलाइन | 2021-03-12

दुनै : नेपाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र) डोल्पाको पार्टी कार्यालय स्थापना भएको छ । नेपाल पार्टी (नेकपा)मा बाम एकता गरेका माओबादी केन्द्र र नेकपा एमाले केन्द्रमा बिभाजन पछि जिल्लामा पनि आ आफ्नै कार्यालय स्थापना गर्न थालेका हुन । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम नै खारेज गरिदिएपछी केन्द्रबाट नै नेकपा एमाले र माओबादी केन्द्र फरक भएर बसि रहेका छन ।

केन्द्रको निर्णय अनुसार नै जिल्लामा पार्टी कार्यालय पुन राखिएको र यस्ले आज पनि माओबादी केन्द्रमा आस्था राख्ने जनतामा खुसि भने छाएको माओबादी केन्द्र डोल्पाका अध्यक्ष मालबहादुर रोकायाले जानकारी दिए । रोकायाले भने हिजो पार्टीको निर्णय अनुसार एक भयौ आज फरक हुनपर्ने भयो भयौ । अब जनता नै फैसला गर्ने निकायमा रहेकाले उनिहरुकै निर्णय सर्वमान्य हुने बिश्वास ब्यक्त गरे ।

बाम एकतामा माथिल्ला नेताहरुको मन मिलेको जस्तो देखिएपनि तल्लो तहका कार्यकर्ताको भने मन नमिलेको अबस्थामा नेकपाको नामै सर्वोच्चले खारेज गरेपछि पुन आ आफ्नै पार्टीको जिन्दाबाद गर्न थालेका छन । पाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र) डोल्पाका जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा पार्टी कार्यालय खोलीएको माओबादी केन्द्रले जानकारी दिएको छ । आफना पक्षमा जनता रहेको र अझै धेरै जनता मा‌ओबादी केन्द्रमा लाग्ने दावी नेताहरुको छ ।