डोल्पा : साईकल यात्री भाष्करले पहिलो पटक सुर्खेतमा एकल फोटो प्रदर्शनी गरेका छन । डोल्पाको जगदुल्ला गाउँपालिका ४ को एक गाउँमा जन्मीएका युवा साइकल यात्री रामचन्द्र बस्नेत (भाष्कर)ले कर्णाली प्रदेशको सुर्खेतमा एकल फोटो पर्दशनी मेला गरेका हुन । कर्णालीका कुडा नामक कर्णाली उत्सवको अवसरमा सुर्खेत स्थित बुलबुले उद्यानमा भाष्करले दर्जनौ फोटो दर्जनौ पर्यटकिय गन्तब्यका फोटो प्रर्दशनी गरेकाे दावी गरेका छन।
साईकल यात्रि भाष्कर भन्छन साइकलीङ्मै यात्राका क्रममा कर्णाली प्रदेशका बिभिन्न जिल्लामा अहिले सम्म ओझेलमा परेका पर्यटकीय गन्तब्यहरुको खोजी गर्दै क्यामेरामा कैद गरेका आकर्षक तस्बिरहरु प्रर्दशनमा राखिएको छ ।पर्दशनीमा आफुले खिचेका कर्णालीका जीवनशैली,तात तलैया, हिमश्रृङ्खला,भु–दृष्यहरुका उत्कृष्ठ तस्बिरहरुमात्र राखिएको भाष्करले जानकारी दिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र पर्यटन मन्त्री नन्द सिँह बुढाले कार्यक्रमको उद्घाटन गर्दै भाष्करले कर्णाली चिनाउने आकर्षक फोटो प्रर्दशनी गरेको भन्दै उनको प्रशंसा गरेका थिए ।त्यतिमात्र नभइ निस्वार्थ रुपमा ज्यानको बाजी थापेर विकट क्षेत्रहरुमा पुगेर कैद गरिएका आकर्षक तस्बिरहरुले साँच्चिकै कर्णालीको पर्यटकिय क्षेत्रको प्रसार–प्रसारहुने मन्त्रीद्धयकोे भनाइ छ ।
उत्सवमा उपस्थित माननिय मन्त्री र सयौँ सर्वसारणले अवलोकन पश्चात उत्कृष्ठ तस्बिर प्रदर्शन गरेको भन्दै प्रशंसा गरेकाले थप नयाँ गन्तव्य र परिवेश खोज्ने जोश पलाएको भाष्करले बताए । फागुन २९ सम्म प्रदशनी जारीहुने भएकाले अवलोकनकालागि बुलबुले पुग्न भाष्करको आग्रह छ ।
एकल फोटो प्रर्दशनीकालागि जगदुल्ला गाउँपालिका, एक्सप्लोर डोल्पो,पन्च बाइक,कर्णाली उत्सव लगायतका संघ सँस्था र विभिन्न व्यक्तिहरुले आर्थिक तथा भौतिक सहयोग गरेकाछन् । तीनै तहको सरकारले पैसा खर्च गरेर पनि प्रभावकारीहुन नसकेको कर्णालीका पर्यटकिय क्षेत्रको प्रसार–प्रसार भाष्करले निश्वार्थ रुपमा अभियाननै चलाएर सुरु गरेको भन्दै सबैले उनको कार्यको प्रशंसा गरेकाछन् । कर्णालीको प्रमुख सम्भावनाको रुपमा रहेको पर्यटन क्षेत्रलाइ थप प्रभावकारी रुपमा देश विदेशमा चिनाउन भाष्करजस्ता युवाहरुलाई सरकारले आर्थिक सहयोग गनुपर्ने उनिहरुको भनाइ छ ।