दुनै : नेपाल कम्यूनिष्ट पार्टी एमाले डोल्पाको पार्टी कार्यालय स्थापना गरिएको छ । एमालेका अध्यक्ष दत्तबहादुर रोकाया बस्ने घरमा एमालेकाे साइनबोर्ड राखेर एमालेकाे पार्टी कार्यालय स्थापना गिरएकाे हाे । जिल्ला समन्वय उपप्रमुख नरबहादुर बुढा र एमालेका जिल्ला कमिटि सदस्हरुले नेपाल कम्यूनिष्ट पार्टी एमालेकाे पार्टी कार्यालय खोलेका हुन । फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको नामै खारेज गरेपछि देशैभर एमाले र माओबादी केन्द्रले पार्टी कार्यालय स्थापना गर्ने लहर चलेसँगै डोल्पामा पनि एमालले आफनो पार्टी कार्यालय स्थापना गरेकाे उपप्रमुख नरबहादुर बुढाले जानकारी दिए । उनले भने केन्द्रबाट पार्टी फरक भएपछि डोल्पामा एमालेकाे पार्टी कार्यालय खुल्न कुनै समस्या छैन डोल्पा एमालेमय छ । बुधबार एमालेकाे पार्टी कार्यालय खुलेसँग एमालेका समर्थकहरुले खुसि मनाएका छन ।