दुनै : घरमा प्रयोग हुने इन्धनमा आउने बिपतबाट बच्ने बारे नेपाली सेनाले सिकाउन थालेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको रामवाण गुल्मले बिद्यालयका बालवालिकाहरुलाइ ईन्धनले निम्त्याउने बिपतबाट जोगिने उपाय सिकाएको हो ।
सदरमुकाम दुनैको सरस्वती माध्यामिक बिद्यालयका सयौ बिद्यार्थिहरुको बिचमा ग्यास र डिजेल पेट्रोलबाट आगलागीको कारण आउने बिपत्तीबाट जोगिने उपायबारे डेमो गरेर सचतना दिएको छ । डोल्पामा पनि ग्यास लगायत घरमा ईन्धनको प्रयोग बढि रहेको र कुनैपनि प्राबिधिक त्रुटिले आगलागी भएर ठुलो क्षेति हुने भएकोले त्यस्ता क्षेति हुनबाट जोगिन बिद्यार्थिहरुलाइ जानकार बनाए घरमा उनिहरुले नै सिकाउने र प्रयोग गर्ने भएकाले पनि बिद्यार्थिहरुलाइ सचेतता गराइएको रामवाण गुल्मका सेनानी अशोककुमार क्षेत्रिले जानकारी दिए ।
डेमोमा नेपाली सेनाको टोलीले डिजेल पेट्रोलमा आगलागी भएमा पानी नहाली सरब पानीले निभाउने र सरब नभए कपडाले छोपर निभाउने बारे देखाएको थियो । त्यसैगरि ग्यास शिलिण्डरमा आगलागी भए नडराइ औलाले च्याप्ने,बाल्टीले छोप्ने,कपडाले छोप्ने र पाईप पातलो भए च्यापेर आगो निभाउन सक्ने बारे डेमो देखाएर जानकारी गराएको थियो ।
अब खडेरीको समय सूरु भएको र कुनैपनि बेलामा घरमा प्रयोग भएका इन्धनबाट आगलागी भई बिपत्ती आउने भएकोले समयमा नै सजग गराएको नेपाली सेनाको दावी छ । ग्यास शिलिण्डरबाटै आगलागी भएर अघिल्लो बर्ष यसै महिनामा जगदुल्लामा एक घर जलेर नष्ट भएको थियो । नेपाली सेनाले गरेको डेमोले समयमा नै सबैलाइ सजक बनाए शिक्षकहरुकोले बताए ।
तस्विरमा हेर्नुहोस