दुनै : डोल्पामा प्रजातन्त्र दिवसको अबसरमा घोडादौड प्रतियोगिता गरिएको छ । २०५२ सालदेखी चलि आएको यो घोडादौड प्रतियोगिताले यो बर्षपनि प्राथमिकता पाएको हो । सदरमुकाम दुनैको खेलकुद मैदानमा बिभिन्न गाँउबाट ल्याएका घोडाहरु दौडाएर सम्मान स्वरुप पूरस्कार प्रदान गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढाले जानकारी दिए ।
बुढाले भने सड्कले घोडाहरुको प्रचलन निकै घटि रहेको छ यो प्रम्परा लोप हुन दिनु हुदैन निरन्तरता दिनु नै डोल्पाको एक पहिचान हुने दावी गरे ।
दिवसका अबसरमा प्रतियोगितामा १४ वटा घोडा सहभागि गराइएको थियो । जसमा त्रिपूरा सुन्दरी नगरपालिका ११ मुहुको घोडा प्रथम भएको छ भने उस्ले १५ हजार नगद हात पारेको छ उक्त घोडा अघिल्लो बर्षपनि प्रतियोगितमा प्रथम भएको थियो ।
ठुलीभेरी नगरपालिका ११ रहको घोडा दोस्रो भइ दशहजार र ठुलीभेरीकै घोडा तृतिय भइ ५ हजार नगद प्राप्त गरेको आयोजक जिल्ला समन्वयले जानकारी दिएको छ ।
कडा सुरक्षाका बिचमा हजारौ दर्शकले प्रजातन्त्र दिवसमा घोडादौडको प्रतियोगिता हेरेका छन । घोडादौड हेर्नकै लागि गाँउगाँउबाट सदरमुकाम आउने गर्दछन ।
यसका साथै प्रजातन्त्र दिवसको अबसरका कर्मचारी,सुरक्षाकर्मिहरुले दुनै बजार सरसफाइ र प्रभातफेरि गरेर मनाएका छन ।
फोटोफिचरमा हेर्नुहोस