कार्यालय समयमा पारा र जुवा खेल्दै रमाउछन नेपाल बैँक जगदुल्ला शाखाका प्रमुख गुप्ता (भिडियो सहित हेर्नुस)

जैतुन अनलाइन | 2021-02-16

जगदुल्ला : डोल्पाको जगदुल्ला शाखाका प्रमुख कार्यालय समयमा जुवा खेलेर समय बिताउने गरेका छन । नेपाल बैँक जगदुल्ला शाखाका प्रमुख अनिलकुमार गुप्ता सेवाग्राहिको काम छेडेर दिनभर पारा र तास खेल्दै गरेको भेटिएका हुन ।
गुप्ता लामो समयदेखी सहायक कर्मचारीको हातमा कार्यालय छोडेर दिनभर जुवा खेल्न जाने साँझ उतैबाट रक्सिको तालमा झुम भएर कार्यालयमा आउने गरेको एक स्थानीयले जानकारी दिए ।
सेवाग्राहिहरु कार्यालयमा जादा कहिले भेटिदैनन जहिले हाकिमले तोक लगाउने कागजातको लागि हाकिम खोज्न गाँउतिर जानुपर्छ हाकिम पारा या तासमा जमि रहेकाहुन्छन स्थानीयहरुको गुनासो छ ।
तर शाखा प्रमुख अनिल कुमार गुप्ताले भने आफुले त्यसो नगरेको आफुलाइ सुनियोजित तबरले भिडियो बनाइएको र सेवाग्राहिको काममा कुनै बाधा नआएको जिकिर गर्छन ।
करिब ६ महिना देखि शाखा प्रमुखले सेवाग्राहिलाइ दुख दिने गरेको साँचो हो हामीले बारम्बार त्यसो नर्गन अनुरोध गर्यौ तर पनि उनि सच्चिएनन जगदुल्ला गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले सुनाए । अध्यक्ष रोकाया भन्छन मैले उनलाइ सच्चिन भनेको थिए नागरिकले धेरै दुख पाए मैलेपनि सकिन काम भएन ।
आफुहरुकहाँ नागरिकले त्यस्तो गुनासो नगरेको तर खास घटना केहो तत्तकाल जानकारी लिने प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढकालले बताए ।
काम छोडेर शाखा प्रबन्धक केहि ब्यापारिहरुसँग दिनभर जुवाखालमै बस्ने गरेको सेवाग्राहिरुले देखेका छौ सेवा दिन हैन दुख दिन आएका छन गुप्ता एक यूवाले आक्रोश पोखे ।

यो भिडियोमा  हेर्नुहोस पारामा रमाउदै बैङ्क शाखा प्रमुख अनिलकुमार गुप्ता