श्रीएयरको हेलिकप्टरलाइ शे–फोक्सुण्डो निकुञ्जले माग्यो ईष्पष्टीकरण सात दिनभित्र जवाफ पेश गर्न निर्देशन

जैतुन अनलाइन | 2021-02-13

दुनै : श्रीएयरको हेलिकप्टरलाइ डोल्पामा निकुञ्जको अनुमति रे चेकजाँच बिना उडान गरेको भन्दै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सात दिन भित्र जवाफ पेश गर्न पत्राचार गरेको छ । निकुञ्जको मध्यवर्ति क्षेत्र पर्ने धो उपत्यकामा निकुञ्जको अनुमति र चेकजाँच बिना सामान ढुवानी गरेको भन्दै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले श्री यएरको हेलीकप्टरलाइ ईष्पष्टीकरण मागेको हो ।
उक्त कम्पनीको हेलिकप्टरले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीलाइ चेकजाँच नगराइ र निकुञ्ज कार्यालयमा नियमानुसार राजश्व नबुझाएरै उपल्लो डोल्पामा पर्ने धो मा हेलिकप्टर उडान अवतरण गरेको भन्दै सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।
धो क्षेत्रमा के कति प्रयोजनकालागि कसको अनुमतिलिइ हेलिकप्टर उडाइएको हो,सुरक्षार्थ खटिएका निकुञ्जका सेना र कर्मचारीद्धारा चेकजाँच नगराइ,नियमानुसार राजश्व नबुझाइ उडान अवतरण गर्नुको कारण केहो भनेर पत्रमा खुलाइएको छ । उक्त पत्रलाइ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र इश्वरी बक्स गुल्म सुलिगाडलाइ बोधार्थ दिदै इमेलमार्फत श्रीएयरलाइन्सको कार्यालयमा पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।
सात दिन भित्र स्पष्ट जवाफ पेश नगरे कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडि बडाइने समेत उल्लेख गरिएको छ । श्रीएयरको हेलिकप्टरको धो मा सडक खन्ने प्रयोजनकालागि २९ माघमा त्रिपुरासुन्दरी नगपालिकाको चुँ गाडबाट डोजर बोकेर उपल्लो डोल्पा पु¥याएको थियो । यता  ठेकेदारले निकुञ्जले दिएको सहमतिका आधारमा हेलिकप्टर उडाएको दाबी गरेपनि निकुञ्जका सहायक स‌रक्षण अधिकृत गोपाल खनालले  कुनै सहमति नदिएको स्पष्ट पारेको छन। ठेकेदारको डोजर कुल पाचवटा उडानबाट ढुवानी गरेको थियो । निकुञ्ज क्षेत्रमा हवाइ उडान गर्दा प्रति उडान ५ हजार रुपैया निकुञ्जमा राजश्व तिरेर निकुञ्जका कर्चारी र सुरक्षा चेकजाँच पछि मात्रै उडान भर्न पाउने ब्यवस्था रहेको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले श्री यएरको हेलीकप्टरलाइ मागेको ईष्पष्टीकरण पत्र