डोल्पामा पहिलो पटक भारि हिमपात कृषकमा खुसि पलायो

जैतुन अनलाइन | 2021-02-05

दुनै : यस बर्षको हिउदमा डोल्पामा पहिलो पटक भारि हिमपात भएको छ । बिहिबार रातिबाट परेको बर्षासँगै डोल्पाको अधिकाँश भुभाग हिउले ढाकेको हो । हिउदभर मँसिरदेखी हिउ नपरेको डोल्पामा बिहिबार राति मात्रै पहिलो पटक ठुलो हिमपात भएको छ ।माघको तेस्रो सातामा मात्रै हिउ पर्न थालेपछि निरासामा रहेका कृषकलाइ भने थोरै भएपनि राहात मिलेको कृषक राजकुमारी बुढाले जानकारी दिइन । उनले भनिन हिउदे बाली गहुँ,उवा,चौँ लगायतका वालि पूरै सुकेको थियो अब यो हिमपातले थोरै भएपनि आसा पलाएको छ ।
धुलो,हावा र रुघाखोकीले आक्रान्त भएका डोल्पाका नागरिकहरु हिमपातसँगै रमाएका छन । हिउदको समयमा हिउ धेरै परेमा बैशाख देखी बहुमुल्य जटिबुटी यार्सागुम्बा पनि प्रसस्त हुने स्थानीय प्रेमबहादुर लामाले बताए । लामाले भने यता अन्नबाली लागउन पनि सजिलो पाटनमा यार्सागुम्बा पनि हुने हिउ नै कृषकका लागि मल हो जति धेरै हिउ परे उति कृषकलाइ फाइदा हुन्छ । जिल्लाको करिब ९० प्रतिशत भुभाग हिउले ढाकेपनि समुन्द्र सतहबाट करिब २५ मिटर तलको भुभागमा भने हिउ जम्न सकेको छैन । सदरमुकाम दुनै,त्रिपूराकोट,त्रिबेणि लगायतका क्षेत्रमा भने हिउ जम्न सकेन ।

     जगदुल्ला गाँउपालिका क्षेत्रमा परेको भारि हिमपात

हिउदे सिजनको अन्तिम तिर हिउ परेर तल्लो डोल्पाका स्थानीय उत्साहित भएपनि माथिल्लो डोल्पाका नागरिकलाइ भने हिमपातले नाका बन्दि गरेको छ । करिब ५६ सय मिटर अग्ला पहाडले घेरिएको क्षेत्रमा बस्ति भएको माथिल्लो डोल्पामा भने हिमपातले जनजिवन कष्टकर बनाएको छ ।
हिमपात भएसगै माथिल्लो डोल्पामा स्थानीयहरु घर बाहिर निष्कन सम्म कठिन भएको स्थानीय सोनामफुन्जो गूरुङले जानकारी दिए । उनले भने अब तल्लो डोल्पा जान र आउन सकिदैन फागुनको अन्ति वा चैत्रमा मात्रै बाटो खुल्छ हामि घरमै बस्न बाध्य भएका छौ । तर हिमपातले दुख भएपनि खेतीपातीको लागि अनिवार्य भएको उनले बताए ।हिमपातको कारण जुफाल बिमानस्थलमा उडान नहुदा यात्रु बिमानस्थलमै थन्किएका छन भने । पैदल यात्रा गर्नेहरुलाइ समेत प्रभाब परेको छ । डोल्पामा चिसो माईनस १० भन्दा माथि पुगेको छ ।  हिमपात र चिसो अत्याधिक बढेपछि बृद्धा र बालवालिकाहरुलाइ चिसोबाट जोगाउन चिकित्सकले सबैलाइ आग्रह गरेका छन ।

                                                                     ठुलीभेरी नगरपालिका ६ थरगााउमा परेको भारि हिमपात

                                                           ठुलीभेरी नगरपालिका ६ थरगााउमा परेको भारि हिमपात