दुनै : बन्यजन्तुको सरक्षणमा निकुञ्जको अभियान निरन्तर तिब्र रुपमा भइ रहेकाे छ । बुधबार शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले स्थानीय स्तरमा सरक्षण सम्बन्धी जनचेतना मूलक अभियानलाइ निरन्तरता दिने क्रममा निकुञ्ज क्षेत्रकै ज्यालसमा स्थानीयसँग एक कार्यक्रम गरेको हाे ।
फोक्सुण्डोका स्थानीयहरु ज्यालस भन्ने ठाउँमा हिउदको समयमा केहि महिना बसोबास गर्ने भएकोले स्थानीय बासिन्दा हरुलाई भेला गराइ” वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रण सम्बन्धी समुदायस्तरीय सचेतनामुलक कार्यक्रम गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख सरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार निकुञ्ज क्षेत्रका स्थानीयलाइ सूसुचित गराउदा सरक्षणमा सबैभन्दा ठुलाे प्रभाब पर्ने र सरक्षणमा स्थानीयको भुमिका समेत रहनेमा बिश्वस्त रहेको बताए ।
रिग्मो क्षेत्रमा बाहिर का मानिसहरु ले पासो थाप्ने र उल्टै गाँउमा आएर खाद्यान्न किन्न आउने गरेको हुनाले त्यस्ता ब्यक्तिको पहिचान गरि स्थानीयले निकुञ्ज लाई खबर गर्नुपर्नेमा पौडेलले स्थानीयलाइ आग्रह गरे । निकुञ्ज तथा बन्यजन्तु चोरि शिकारी एन बारे जानकारी गराउदै कस्तुरी, हिउँ चितुवा लगायतका दुर्लभ वन्यजन्तु हरुको शिकार गर्नेलाई १५ वर्ष कैद सजाय हुने, तस्करको सूचना दिनेलाई ५० हजार सम्म पुरस्कार दिईने, वन्यजन्तु बाट हुने क्षतिको राहत दिने गरिएको, पशु बिमा कार्यक्रम शुरु गरिएकोले , निकुञ्ज को प्राकृतिक सम्पदा डोल्पाली जनताको भएकोले यसको संरक्षणमा महत्व पुर्ण भुमिका खेल्नु पर्नेमा जोड दिए ।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज लाई शून्य चोरी शिकारी क्षेत्र बनाउन पहल कदमी शुरु गरिएको छ नेपाली सेना स्थानीय जनता सग सहकार्य गरेर निकुञ्ज को संरक्षण मा निरन्तर लागी रहने नेपाली सेनाका सेनानीले स्थानीयलाइ आफुलाइ साथ दिन अनुराेध गरे । स्थानीयले आजका दिन सम्म पनि साथ दिएको र गलत नियतले आफना गाँउ बस्तिमा आउनेलाइ कुनैपनि हालतमा छुट नदिइ सरक्षणमा निकुञ्जको साथ दिने वडा अधयक्ष र फुर्बा तेन्जिङ बुढाले निकुञ्जको टोलीलाइ बिश्वस्त पारे । उनिहरुले भने हत्या हिसा हाम्रो धर्म मा छैन चोरी शिकारी गर्न नहुने, स्थानीय ले नभई बाहिर का मानिसहरु ले पासो थाप्ने गरेको ले सबै मिलेर यो नियन्त्रण गर्नु पर्ने बताए ।
कार्यक्रम मा ” हिउँ चितुवा संरक्षण समिति का अध्यक्ष छिमे बैजीले स्थानीय जनताहरु हिउँ चितुवा संरक्षण मा कटिबद्ध भएर लागेको कुरा ठोकुवा गरे । WWF प्रतिनिधि चन्द्र जङ्ग हमाल ले पनि शेफोकशुनडो राष्ट्रिय निकुञ्ज हिउँ चितुवा को लागि महत्वपूर्ण क्षेत्र भएको ले यसको संरक्षणमा सबै लाग्नु पर्ने र स्थानीय जनताको समृद्धि को लागि संधै सहयोग गर्नेमा प्रतिबद्धता जनाए । निकुञ्जले मध्यवर्ति क्षेत्र र निकुञ्ज क्षेत्रका स्थानीयलाइ निरन्तर सरक्षणमा जनचेतनामूलक कार्यक्रम गरि सचेत गराइ रहेकाे छ ।
स्थानीयसँग सरक्षणको जनचेतनामुलक कार्यक्रममा निकुञ्ज वार्डेन, ईश्वरी बक्स गुल्मका गुल्मपति, देउती मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष बिच्छे कार्की, शे-फोक्सुण्डो मध्यवर्ती क्षेत्र उपभोक्ता समिति का अध्यक्ष फुर्बा तेन्जिङ बुढा, शे-फोक्सुण्डो गाउँ कार्यपालिका को अध्यक्ष निमा लामा, WWF Nepal का फिल्ड प्रतिनिधि चन्द्रजङ्ग हमाल, हिउँ चितुवा संरक्षण समिति का पदाधिकारीहरु , चोरी शिकारी नियन्त्रण युवा जागरण समुह का पदाधिकारीहरु , नेपाली सेना तथा निकुञ्जका कर्मचारी हरुको उपस्थिति रहेको थियो ।
तस्विरमा हेर्नुहोस