मुगुका एक जनाले एकल महिला माथि करणी गर्न खोज्दा डोल्पामा पक्राउ

जैतुन अनलाइन | २० माघ २०७७, मंगलवार

दुनै : एकल महिलालाइ जवरजस्ती करणी गर्न खोज्ने एक जना पक्राउ परेका छन । मुगु जिल्ला कार्मारोङ् गाँउपालिका घर भइ हाल डोल्पामा कपडा ब्यापार गर्दै हिडेका बर्ष ५३ का कार्मा तामाङ् जवरजस्ती करणीको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । तामाङ्ले डोल्पा त्रिपूरा सुन्दरी नगरपालिका ज्ञज्ञ मू गाँउकि ४० बर्षिय एकल महिलालाइ बैङ्कीङ् कारोबार गरि घर जाने क्रममा घोरवाडा भन्ने ज‌गलमा हातपात गरि जवरजस्ती करणी गर्न खोजेपछि प्रहरीको फन्दामा परेकाे प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेका अनुसार त्रिपूराकोट बगरमा रहेको माछापुच्छ्रे बैङ्कबाट बैङ्किङ् काम सकाएर घर जाने क्रममा कार्माले बाटोमा  एकल्लै हिडेकी महिललाइ करणी गर्न खोजेको सुचनाका आधारमा लिकु चौकी र त्रिपूराकोट चौकीको प्रहरीको टोलीले उनलाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याएको र उनको थप अनुसन्धान भइृ रहेको बताए ।