दुनै : अन्तराष्ट्रिय सिमसार दिवस शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा मनाइएको छ । पानी र सिमसार जिवनको अभिन्न आधार भन्ने मुल नाराका साथ निकुञ्जको कार्यालयमा एक कार्यक्रमका बिच मनाइएको हो । सन २००७ सेप्टेम्बर २३ मा रामसार सुचिमा सूचिकृत भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने फोक्सुण्डो ताल नेपालकै गहिरो ताल हो । यो ताल सहित दर्जनौ तालहरु र ४० वटा सिमासार क्षेत्र रहेको यो निकुञ्ज सिमसारको हिसाबले निकै लोकपृय रहेको छ ।
अन्तराष्ट्रिय सिमासार दिवसका अवसरमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भने निकुञ्ज क्षेत्रमा आउने ६० प्रतिशत पर्यटक फोक्सुण्डो ताल अबलोकनकै लागि आउने गरेका छन । अहिले पनि ५८ देखी ६८ प्रतिशत सम्म पर्यकटहरु निकुञ्ज तथा आरक्षणमा भ्रमण गर्ने र त्यसको फाइदा डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पनि ठुलो हिस्सा लिने गरेको पौडेलले दावी गरे । उनले भने बिश्वमा नेपालले जैबिक बिभिधता संरक्षणमा पहिलो स्थान लिन थालि सकेको छ हामी सबै मिलेर संरक्षणमा एक ढिक्का भएर लागुम ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा लामो समयदेखि डब्लुडब्लु एफले संरक्षण क्षेत्रमा काम गरि रहेको र अबका दिनमा पनि सिमसार क्षेत्रको ठुलो हिस्सा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले लिनेमा बिश्वस्त रहेको डब्लुडब्लु एफका फिल्ड प्रोग्राम अफिसर चन्द्रजंग हमालले जानकारी दिए । हमालले भने सिमसार क्षेत्रको नामाकरणको काम सम्पन्न भैइसकेको र सिमाङकण तथा क्षेत्रफलको कामको अन्तिम चरणमा रहेको छ भने फोक्सुण्डो तालको संरक्षण तथा भाबि दिनमा कसरी ब्यवस्थित गराउन सकिन्छ भन्ने बारे बिस्तृत अध्ययनको काम पनि भएको बताए ।
जलवायू परिवर्तन भए संगै सिमसार क्षेत्रहरु हराउदै जान सक्ने भएकोले भावी पुस्ताको लागी भएपनि हामीले संरक्षण गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालले बताए । फोक्सुण्डो ताल रामसार सूचिकृत भएको मुख्य सिमसार क्षेत्र हो अबका दिनमा फोक्सुण्डो तालमै दिवस मनाउन पाए झनै प्रभाबकारी हुने तिर्थ मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष भैरव बहादुर शाहीले आग्रह गरे ।
दिवसकै अवसरमा विकास निमार्णको क्रममा हाम्रा सिमसारहरु हराउदै जान सक्ने भएकोले यसमा सवैले ध्यान दिनु पर्ने शे–फोक्सुण्डो राष्ट्यि निकुञ्जको कोर क्षेत्रमा २४ वटा बस्ति भएको कारण विकास निमार्ण केहि कठिानइ आएपनि बिकासका काम अबस्था हेरेर संरक्षणलाइ जोगाउदै गरिने निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।सन १९८७ मा नेपालले रामसारमा सूचिकृत भए देखि हरेक बर्ष फेब्रुअरी २ मा विश्वका १६९ देशले अन्तराष्ट्रिय सिमसार दिवस मनाउदै आएको र नेपालले पनि मनाउने गरेको छ । विश्व सचिमा नेपालका १० वटा सिमसार दर्ता भएका छन ।