निकुञ्जले गर्यो चोरीशिकार गर्ने ८ जना पक्राउका साथै ठुलो परिमाणमा हतियार बरामद

जैतुन अनलाइन | 2021-01-25

दुनै : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले फेरी ठुलो हतियार बरामद गरेको छ । निकुञ्ज क्षेत्रबाट ३३ थान भरुवा बन्दुक र २ नाल बरामदका साथै ८ जना पक्राउ गरेको छ ।
निकुञ्जले मध्यवर्ति क्षेत्रमा पर्ने जगदुल्ला गाँउपालिकाको काईगाँउ,हुरिकोट,माझगाँउ,झयाकोट, तथा छाँचुबाट ठुलो परिनाममा भरुवा बन्दुक बरामद गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार निकुञ्जको गस्तिमा रहेको टोलीले अबैध रुपमा कस्तुरीको चोरीशिकारी गर्ने ८ जना पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान भै रहेको बताए । चोरी शिकार गर्नेहरुले अबैध रुपमा लुकाएर राखेका भरुवा बन्दुक निकुञ्जलाइ बुझाउन स्थानीय र जनप्रतिनिधिले निकै ठुलो सहयोग गरेको भन्दै पौडेलले धन्यबाद प्रकट गरे ।
निकुञ्जको संरक्षण क्षेत्रमापनि स्थानीय केहि ब्यक्तिले लुकीछीपी कस्तुरी लगायत अन्य बन्यजन्तुको शिकारी गर्ने गरेको सुचनाको आधारमा उनिहरुलाइ पक्राउ गरेको र कारवाहीको लागि निकुञ्जको हिरासतमा राखेर अनुसन्धान भै रहेको निकुञ्जले जनाएको छ ।
यस भन्दा पहिला निकुञ्जले ३७ थान भरुवा बन्दुक,एक कटुवा पेस्तोल,१० वटा ईन्सास राइफलको गोली बरामद गरि सकेको छ । हाल सम्म निकुञ्जले बिभिन्न मितिमा ७० वटा भरुवा बन्दुक बरामद गरि सकेको छ । निकुञ्जले घरमा राखिएका हतियार बुझाउन सार्वजानिक सुचना जारि गर्दा पनि नबुझाएपछि निकुञ्जले गस्तिबाट सुचनाका आधारमा बिभिन्न स्थानबाट भरुवा बन्दुक बरामद गरेको निकुञ्जको दावी छ ।

निकुञ्जले जगदुल्ला गाँउपालिका क्षेत्रबाट बरामद गरेको भरुवा बन्दुक

पछिल्लो समय निकुञ्जले संरक्षण क्षेत्रमा गस्ति बढाएपछि अबैध रुपमा चोरीशिकार गर्नेहरु भागाभाग भएका छन । निकुञ्जमा मध्यवर्ति क्षेत्र,सामुदायिक बन,चोरीशिकारी नियन्त्रण ईकाइ भएपनि स्थानीय केहि ब्यक्तिले भने चोरीशिकार गरि रहेका छन । स्थानीयको नागरिकको सुचना,स्थानीय सरकारको सहकार्य तथा प्रहरी र अन्य निकायको सहकार्यमा निकुञ्जले चोरीशिकार गर्नेहरु पक्राउ गर्नुका साथै अतियार समेत बरामद गर्ने सफलता भने निरन्तर पाइ रहेको छ ।

निकुञ्जले चोरी शिकारी नियन्त्रणको लागि 17 वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, 17 वटा CBAPU (Community Based Anti-poaching Unit-समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण समुह), 5 वटा हिउँ चितुवा संरक्षण समिति SLCC (Snow Leopard Conservation Committee), 1 वटा रेड पण्डा संरक्षण समिति, नेचर गाईड असौसिएईस्न डोल्पा, शे-फोक्सुण्डो पर्यटन समन्वय समिति गठन गरि प्रभावकारी रुपमा परिचालन गरेको छ!! संरक्षण सम्बन्धी अन्तरकृया कार्यक्रमहरु गरेको छ!! WCCB (Wild life Crime Control Beauro- वन्यजन्तु अपराध नियन्त्रण इकाई,डोल्पा) सग आवश्यक समन्वय गरिरहेको छ !! Anti-poaching unit- चोरी शिकारी नियन्त्रण इकाई लाई पुनर्गठन गरि प्रभावकारी रुपमा परिचालन गरेको छ !! स्थानीय निकायहरुसॅग समन्वय कार्यलाई प्राथमिकता दिएको छ!! यस प्रकार शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सबै निकायहरुसग समन्वय गरि निकुञ्जलाई चोरी शिकारी रहित बनाउने तर्फ कडा कदम चालेको छ!!!!