सुत्केरी आमा र बिरामीलाइ चिसोबाट बचाउन जिल्ला अस्पताललाइ डाक्टरहरुद्धारा ग्यास हिटर सहयोग

जैतुन अनलाइन | 2021-01-19

दुनै : सुत्केरी आमा र बिरामी चिसोबाट जोगाउन ग्यास हिटर सहयोग गरिएको छ ।जिल्ला अस्पताल डोल्पाका सुत्केरी आमा,बिरामीहरुलाइ चिसोबाट जोगाउन ग्यास हिटर सहयोग गरिएको हो ।
डोल्पामै जन्मीएका डाक्टरहरुको टिमले हिउदको अत्याधिक चिसोबाट सुत्केरी आमा र अन्य बिरामीको अबस्था जोखिममा रहेको भन्दै ५ वटा ग्यास हिटर र १० वटा सिलिन्डर सहयोग गरेका हुन ।
डाक्टर अखण्ड उपाध्याय,डाक्टर मेलिना हमाल र डाक्टर मछिन्द्र बडुवालको अगुवाइमा बिभिन्न संस्था र २९ जना ब्यक्तिबाट कुल ९० हजार बराबरको ग्यास हिटर र शिलिन्डर जिल्ला अस्पताललाइ हस्तान्त्रण गरेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
दुनैको बिद्युतको भोल्टेज नभएको र गर्भवतीको शल्यक्रिया गर्दाका बेला अनि सुत्केरी पछि पनि चिसोले उनिहरुको अबस्था जोखिममा रहेको भन्दै डाक्टरहरुले न्यानो हिटर सहयोग अभियान गरेर सफल सबैले बनाइदिएको डाक्टर अखण्ड उपाध्यायले खुसि ब्यक्त गरे ।
हिउदको समयमा माइनस १७ डिग्री सम्मको चिसोमा सुत्केरी आमा र अन्य बिरामीले अब भने चिसोबाट कुटकुटीएर बस्नुपर्ने छैन हरेक दिन त्यहि चिसोमा आमाहरुले रात दिन काटेको हेर्न सकिन यो महान अभियानमा साथ दिने सबैप्रति आभारी छु डाक्टर मेलिना हमालले धन्यबाद प्रकट गरिन । अब कुनैपनि सुत्केरी आमा र अन्य बिरामीले चिसोको अनुभुति गर्नेछैनन मेरो मन शान्त भएको छ हमालले थपिन ।
हाल जिल्ला अस्पतालमा शल्यक्रिया,सुत्केरी कक्षमा ३ वटा हिटर ६ ग्यास शिलिण्डर राखिएको छ भने २ वटा हिटर र ४ शिलिण्डर आकाश्मिक कक्षमा राखिएको निमित्त स्वास्थ्य प्रमुख डाक्टर प्रशन्न कार्किले जानकारी दिए । कार्किले भने हामीले सोचेकै थिएनौ यति ठुलो सहयोग हुन्छ भनेर सबै प्रति आभारी छ अस्पताल परिवार अब न्यानो साँच्चै न्यानो हुनेछ सहि सदुपयोग हुनेछ ।


यो अिभयानको लागि सापटी टक सो ले ४५ हजार ८सय ४० रकम सहयोग गरेको छ भने अन्य सबैले सहयोग गरेर अभियान सफल बनाइदिएको अभियानका डाक्टर मछिन्द्र बडुवालले जानकारी दिए । हरेक दिन आफना आँखा अघि सुत्केरी आमाहरु र बिरामीहरु चिसोले कापि रहेको देख्न सकिएन अनि हामीले सल्लाहर गरेर अभियान थालनि गर्दा सबैले सहयोग गरीदिनुभयो खुसिको सिमा नै छैन बडुलालले बताए । यो अभियानमा स‌कलित रकम केहि बचेको र उक्त रकम समाज सेवामै लागनि गर्ने अभियान्ताहरुले जानकारी दिएका छन ।
चिसो कोठामा सुत्केरी आमा अनि थुरथुर कापी रहेको त्यो दृष्य अहिले नि बारम्बार मेरो आँखामा आइ रहन्छ बिद्युत बाल्यो सिएफएल चिम पनि बल्दैन जेनेरेटर भनेजतिको थिएन अरु कुनै उपाय पनि थिएन अखण्ड दाइले अभियानमा जानेभनेपछि हामी लाग्यौ र आन सफल भइयो डाक्टर मेलिनाले चिसोले कापी रहेकी सुत्केरी आमालाइ सम्झीदै बिगत सुनाइन ।


हामी पहिलो कुरा चिकित्सक हो र अर्को कुरा जिल्लामै काम गरि रहेका छौ तर पनि बेडबेडमा हिटर बालेर तातो बनाउने हामीसँग अरु कुनै उपाय थिएन बर्षौदेखी यहि कुराले पिरोलेको थियो डाक्टर मेलिनाले दुख सुनाइन । डाक्टर अखण्ड भन्छन हामी मनोरञ्जनको लागि जति नि खर्च गर्छौ तर सानो सहयोगले धेरैको ज्यान जोगिएको कहिले बुझदैनौ जजस्ले सहयोग गर्नुभयो यो निकै परोपकारी काम भएको छ ।
जिल्ला अस्पताल डोल्पामा एक त उपकरण भने अनुसारका छैनन भने अर्को तिर भौतिक संरचना पनि निकै पुरानो र प्रबिधि मैति छैन । त्यसैमा पनि चिकित्सकले सकेको जति सेवा प्रबाह गरि रहेका छन । जिल्ला अस्पतालमै शल्यक्रिया हुने भएपछि अस्पताल आएर सुत्केरी हुनेको संख्यापनि बढि रहेको र अब न्यानो पनि भएपछि केहि हद सम्मको ढुक्कता रहेको डाक्टर प्रशन्न कार्किले बताए । आसा छ यसरी गरिएको सहयोगको सहि सदुपयोग हुनेछ कुनै ब्यक्तिले गलत प्रयोग भने नगरोस यहि अभियान्ता र सहयोगि मनहरुको अपेक्षा रहेको छ ।

डाक्टहरुको सुत्करी र बिरामीलाइ न्यानो अभियानमा सहयोग गर्ने सहयोगि मनहरुको नामावली पढ्नुस : 

न्यानो अभियानका सहयोगी मनहरु