शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा कस्तुरीको दारा र हतियार सहित ५ जना पक्राउ : ठुलो परिनाममा सबूत फेला परेकाे निकुञ्जको दाबी

जैतुन अनलाइन | 2021-01-15

दुनै : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पाच जनालाइ पक्राउ गरेको छ । कस्तुरीको दात र हतियार सहित निकुञ्जको टोलीले पाचजनालाइ पक्राउ गरेको हो । निकुञ्जको टोली र नेपाल प्रहरीको बिशेष सूचनाको आधारमा १ गते राति जिल्लाको त्रिपूरा सुन्दरी नगरपालिका पाचजनलाइ पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा त्रिपूरा सुन्दरी नगरपालिका ११ बर्ष ४५ का मनबहादुर बुढा,११ कै बर्ष ३७ का चन्द्र प्रसाद बुढा,वडा नम्बर ७ बर्ष ४१ का सूर्यबहादुर बुढा,बर्ष ३० का चन्द्र केसि र बर्ष २१ का गोकर्ण बुढा सप्रमाण सहित पक्राउ परेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार उनिहरुको साथबाट भरुवा बन्दूक २ थान,गोली ५० थान,बारुदको डिब्बा २ थान,बन्यजन्तुको जस्तो देखिने सिँगमा बारुद भरिएको २ थान,कस्तुरीको दारा ५ थान र एक भाचिएको सहित ६ थान,केप एक डिब्बा,कस्तुरिको जस्तो देखिने खुट्टा दुई थान,बन्यजन्तुको सिँग एकथान,कस्तुरी मार्न प्रयोग गरिने पासो १४ थान र सलाइ एक थान बरामद भएको बताए ।
पक्राउ परेका तिनजना मध्यवर्ति क्षेत्र पहाडाका हुन भने दुइजना सामुदायिक बन क्षेत्र मुहुका हुन । उनिहरु लामो समय देखी चोरीशिकारी गर्नमा संलग्न रहेको भन्ने बिशेष सूचना पाएपछि प्रहरी र निकुञ्जको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरिक्षक राजु पाण्डेले जानकारी दिए । निकुञ्जका सिनियर गेमस्काउट धर्मराज हमालको नेतृत्वमा नेपाल प्रहरीको त्रिपूराकोट चौकिको टोलीले पाचैजनालाइ सप्रमाण पक्राउ गरेको थियो ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अनतरगतको चोरीशिकारी नियन्त्रण इकाइ र नेपाल प्रहरीले बरामद गरेको भरुवा बन्दुक कस्तुरीका दारा र अन्य बरामद प्रमाण ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार पक्राउ परेका पाचैजना कस्तुरीको शिकारमा संलग्न रहेको ठहरिएमा ५ लाख देखी १० लाख सम्म जरिवाना र ५ बर्ष देखी १५ बर्ष सम्म जेल सजाय वा दुबै हुने निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका अनुसार हाल उनिहरुको अनुसन्धान भईरहेको जानकारी दिएको छ ।
पक्राउ परेका पाचै जनालाइ जिल्ला प्रहरी कार्यालयले हातहतियार खरखजना ऐन २०७० अनुसार मुद्धा लगाउने छ भने राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार मुद्धा चलाएर कारवाही गर्ने निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । पौडेलले भने नेपाल प्रहरीले निकै ठुलो सहयोग गरेको छ त्यसैले प्रहरीको टोलीलाइ धन्यबाद प्रकट गर्छछु ।
निकुञ्जले गएको पुस २७ गते भरुवा बन्दुक,मासु र बन्यजन्तुका आँखेटोपहार सहित त्रिपूरा सुन्दरीकै एकजनालाइ पक्राउ गरि सकेको छ । एक जना पक्राउ परेको एक साता नबित्दै सोहि क्षेत्रबाट कस्तुरीका दारा र भरुवा बन्दूक सहित थप पाचजना पक्राउ गरेपछि चोरी शिकारी गर्नेहरु भागाभाग भएकाछन ।
पछिल्लो केहि महिना यता निकुञ्जले आफनो सक्रियता गस्ती र संरक्षण क्षेत्रमा बढाएपछि चोरी शिकारी गर्नेहरुलाइ पक्राउ गर्नेदेखी हतियार बरामद गर्ने सम्मका कामहरु निरन्तर गरेको छ । यसले पनि थाहा हुन्छकी निकुञ्जले संरक्षणमा तिव्रता दिएको छ ।