दुनै : डोल्पाको जगदुल्ला गाँउपालिकामा कोभिड अस्पताल सञ्चालन गरिएको छ। बढ्दो कोरोना भाइरसबाट संक्रमितको उपचार गर्न गाँउपालिकामा पाच बेडको कोभिड अस्पताल सञ्चालन गरिएको हो । जुम्ला,जाजरकोटसंग सिमा जोडिएको जगदुल्ला गाँउपालिकामा पछिल्लो समय कोरोना भित्रन सक्ने भन्दै पूवै तयारी स्वरुप अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।
गाँउपालिका अध्यक्ष रोकायाका अनुसार जिल्ला सदरमुकाममा कोरोना दैनिक बढि रहेकोले आफनो गाँउपालिका क्षेत्रमा पनि संक्रमण हुन सक्ने देखिएकोले पूर्व तयारी थालिएको बताए । गाँउपालिकाका पाच बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरि सञ्चालनमा समेत आएको प्रमुख प्रशासकिय अधिकृत केशबराज जैशिले जानकारी दिए । जैशिले भने तयारी पहिलेनै नगरे संक्रमण फैलि सके झनै ठुलो खतार निम्तले भएकोले पनि कोरोना अस्थाी अस्पताल सञ्चालन गरिएको हो ।
गाँउपालिकाकाले सार्वजानिक सुचना जारी गर्दै गाँउपालिकाबाट सदरमुकाम र छिमेकी जिल्लामा जादा अनिवार्य सिफारिस लिनुपर्ने र भित्र प्रबेश गर्दा पिसिआर गरेको हुनुपर्ने उल्लेख गरेको छ । यदि पिसिआर बिनै गाँउपालिकामा प्रबेश गरे १० दिन तोकेको क्वारेन्टिनमा बस्नुपर्ने भन्दै सबै सजक रहन आग्रह गरेको छ ।
पिसिआर र एन्टीजिन प्रबिधिको प्रयोगबाट परिक्षण गरि संक्रमितहरुको उपचार कोरोना अस्थायी अस्पतालमा राखेर उपचार गरिने भएकोले अस्पतालाका लागि चाहिने प्रयाप्त भएका सबै साधनको ब्यवस्थापन गरेको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । जगदुल्ला गाँउपालिकाकै ६० बर्षिया पूरुषको डोल्पामा पहिलो पटक कोरोनाको कारण मृत्यू भएको थियो । हाल जिल्लामा २ जनाको ज्यान गएको छ भने ३४ जनाले उपचार गराइ रहेका छन ।