दुनै : डोल्पामा पहिलो पटक पौषमा स्याउ फलेको छ । जलवायू परिवर्तनको कारण पहिलो पटक डोल्पामा पौषमा स्याउ फलेको हो । जिल्लाको जुफाल लगायतका बिभिन्न गाँउहरुमा पौषमा स्याउ फलेपछि कृषक नै चकित परेका छन ।
बागावाणि बिकास केन्द्र जुफालमा समेत स्याउ फलेपछि कृषि बिकासका प्राबिधिक नै छक्क परेका हुन । जलवायू परिवर्तनको प्रभाब मौसमको चक्रमा परेर तापक्रममा बृद्धि भएको कारण त्यसको असर फलफुलमा पर्दा पौषमा स्याउ फलेको कृषि प्राबिधिक डिल्लि बोहोराले जानकारी दिए ।
बोहोराले भने नेपालमा सरदर औसत तापक्रम ०.०६ सेल्शियसले बढी रहेको र तराइमा भन्दा हिमाली क्षेत्रमा तापक्रम बढि रहेकोले पनि डोल्पामा स्याउ पौसमा फलेको हुन सक्ने अनुमान रहेको बताए ।
चैत्र,बैशाखमा फुलफूलेर श्रावणबाट पाक्ने डोल्पाका स्याउ यस बर्ष स्याउ फर्ममा जंगलि जातको स्याउ पौषमा दुई केजि भन्दा धेरै फलेको छ ।पछिल्लो समय स्याउ फर्म तिर आर्कशन बढि रहेको बेलामा पौषमा स्याउ फलेपछि कतै ठुलो संकट आएको होकि भन्ने चिन्ता बढेको कृषक अर्जुन बुढाले चित्ना ब्यक्त गरे ।
डोल्पामा हाल सय भन्दा धेरै स्याउ फर्महरु रहेका छन । उत्पादन मात्रै दिने सयौ फर्महरु रहेको बेलामा दशौ केजि स्याउ पौषमा फलेपछि धेरै कृषक अलमलमा परेका छन ।