दुनै : डोल्पाबाट कोरोना भाइरस बढने संकेत बढेपछि निषेधाज्ञा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सुचना जारि गर्दै आइतबार १९ गतेदेखि २३ गते सम्म ५ दिन सदरमुकाम दुनै सहित आसपासका क्षेत्रमा निषेधाज्ञा गरेको जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढकालले सदरमुकाम र आसपासका क्षेत्रमा भिडभाड धेरै भएको कारण कोरोना संक्रमण बढि हुने खतरा भएको भन्दै ५ दिन निषेधाज्ञा जारी गरेका हुन । आइतबार देखी नै जमघट,भेला,सेमिनार,समिक्षा,गोष्ठी,छलफल जस्ता कार्य नर्गन, भन्दै पूर्व लोचा खोला,पश्चिम शुलिर्गाड,उत्तर भेरी पारिको सम्पूर्ण बस्ति अस्पताल क्षेत्र र दक्षिण तिप्ला जानेबाटो चार किल्ला तोकेर पाँच दिनलाइ निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
त्यसैगरि दुनै बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य सामानका पसलहरु बिहान ९ बजेदेखी दिउसो १२ बजे सम्म खुल्न दिने र दिनभर बन्द गर्ने होटल,रेष्टुरेन्ट,शैलुन,पुलहाउस पूर्ण रुपमा बन्द गर्ने सुचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले जारी गरेको निषाेधाज्ञा
अत्यावस्यक बाहेकका यातायात सञ्चालन गर्न नपाइने,जरुरी कामले घर बाहिर निष्कदा मास्क अनिवार्य लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने यदि यि सबै कुराहरु पालना नगरी उल्लघन गरेको भेटिएमा संक्रमण रोग ऐन २०२०र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिएका छन ।
जिल्लामा कोराना भाइरस संक्रमितको संख्या बढि रहेको र उच्च जोखिम बढि रहेको बेलामा नागरिकले खेलाची रुपमा लिन थालेपछि संक्रमणले ठुलो रुप नलगोस र नियन्त्रण गर्न सकियोस भन्ने उद्धेश्यका साथ निषेधाज्ञा गरिएको यहि बिचमा नियन्त्रणका लागि गरिने सबै खाले प्रयास हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
कोरोना संक्रमणको कारण गम्भिर भएका दुइजनालाइ जिल्ला प्रशासनको सहकार्यमा हेलीकप्टरबाट शुक्रबार काठमाण्डौ लगेर उपचार भइ रहेको छ । स्वास्थ्य अबस्था जटिल भएका ५१ बर्षका शिक्षक र ६० बर्षका वडा अध्यक्ष रहेका छन ।
हाल सम्म डोल्पामा २ हजार चारसय दुईजनाको पिसिआर परिक्षण गर्दा २६ जना संक्रमित देखिएका छन । जसमध्य १० जना निको भएर घर पर्किएका छन ७ जनाको होम आइशोलेशन र आइशोलेशनमा रहेको दुईजनाको काडमाण्डौ उपचार भई रहेको र एक जनाको ज्यान गएको छ ।
प्रहरीले दैनिक मास्क लगाउन सामाजिक दुरी कायम गर्न माईकिग गरेर सचतना गराइ रहेको छ ।