जनताले ६ लाख तिरेर कोरोनाका बिरामीलाइ हेलीकप्टरबाट काठमाण्डौ लगे सरकार बेमतलबी

जैतुन अनलाइन | 2021-01-01

दुनै : कोरानाका भाइरसकाे कारण  गम्भिर बिरामी भएकाका आफन्तले ६ लाख तिरेर उपचार गराउन हेलीकप्टरबाट काठमण्डौ लगेका छन । डोल्पाबाट कोरोना पोजेटिभ भएका दुई जनालाइ काठमाण्डौ लगिएको छ । कोरोना पोजेटिभ भएर आइशोलशनमा बसेका दुबैजानाको स्वास्थ्य अबस्था गम्भिर भएपछि उपचारको लागि हेलीकप्टरबाट काठमाण्डौ लगिएको हो ।
सरस्वती माध्यामिक बिद्यालयमा अध्यापन गराउने ५१ बर्षका शिक्षक र ६० बर्षका ठुलीभेरी नगरपालिका–२ का वडा अध्यक्षको स्वास्थ्य अबस्था जटिल भएपछि आफन्तले हेलिकप्टरबाट काठमाण्डौ लगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
शिक्षक दम,प्रेसर,सुगरका बिरामी थिए भने वडा अध्यक्ष दमका बिरामी रहेका थिए । दुबैजना दिर्घ रोगि भएको र चिसोको समय भएको कारण कोरोनाले झनै बढि च्यापेको डाक्टरहरुको भनाइ रहेको छ ।


पौस महिनामा दुईचरणमा कोरोनाको परिक्षणको लागि पिसिआर गर्दा जिल्लामा ९ जना संक्रमित भेटिएका थिए । हाल अन्य ७ जना निको भएर घर फर्किएपनि दुईजना पुरुषको अबस्था गम्भिर भएपछि जिल्लामा उपचार हुन नसक्दा हेलीकप्टरबाट काठमाण्डौ लगिएको प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढकालले जानकारी दिए ।
प्रजिअ ढकालका अनुसार तत्तकाल एक साताको लागि बिद्यालय बन्द गरेको र अब थप सुरक्षा सर्तकता बढाउनको लागि छलफल भइ रहेको छ एक साता सम्मको लागि जिल्लामा निशेधाज्ञा गर्ने तयारी रहेको बताए । पछिल्लो समय लापारवाहिले कोरोना समुदाय स्तर सम्म पुगी सकेको अनुमान भने चिकित्सकहरुले गरेका छन ।
जिल्ला अस्पतालमा भेन्टीलेटर छ तर सञ्चालन गर्ने दक्ष जनशक्ति नभएको कारण थन्कीएको छ । भेन्टीलेटर नभएकै कारण कोरोनाका बिरामीलाइ आफन्तले ६ लाखमा हेलीकप्टर रिजब गरेर काठमाण्डौ लैजानुपर्ने बाध्यता आएको छ ।
प्रशासनको लावरवाहिले समुदाय स्तर सम्म कोरोना फैलिएको धेरैको अनुमान रहेको छ । तर यता प्रहरीले भने हरेक दिन मास्क लगाउ भन्दै माइकिग गरि रहेको पनि नागरिकले भने ब्यवास्ता गरि रहेका छन । हाल सम्म कोराना महामारिको समयमा बिभिन्न समयमा जिल्लाभर २ हजार ४ सय २ जनाकाे पिसिआर भएको छ भने जस मध्य २६ जनालाइ स‌क्रमण देखिएको छ । स‌क्रमित मध्य १० जना निको भएर घर फर्किएका छन ७ जना हाल होम क्वारेन्टिन र आइशोलेशनमा छन २ जनालाइ काठमाण्डौ लगिएको छ भने एक जनाको ज्यान गएकाे छ ।