दुनै : किर्डाक नेपालले जगदुल्ला गाँउपालिकामा राहात बितरण गरेको छ । कोरोना महामारिको बेलामा बिभिन्न कारण दैनिक छाक टार्न हम्मेहम्मे परेका दलित तथा गरिब परिवारहरुलाइ किर्डाकले राहात बितरण गरेको हो ।
गाँउपालिकामा १ देखि ६ वडा सम्मका गरिब तथा बिपन्न ९५ घरधुरी दलित परिवारलाइ राहात बितरण गरेको जगदुल्ला गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।
अध्यक्ष रोकायाका अनुसार कोरोनाको कारण सबै भन्दा धेरै समस्या दलित परिवारमा परेको थियो स्थानीय सरकारले नि बिशेष प्राथमिकतामा राखेको छ त्यसैमा किर्डाक नेपाल अन्तरगत प्लान इन्टरनेशनले राहात प्रदान गर्दा झनै थप राहात भएको बताए ।
राहातमा प्रतिघरलाइ चामल जिरा मन्सुलि २ बोरा,२५ केजि दाल,एक कार्टून तेल,२ पाकेट मसला र २ प्याकेट आटा पिठो बितरण गरेको छ । दैनिक ज्याल मजदुरी गरेर पनि खान नपुग्ने लक्षित बर्गका दलित गरिब परिवारलाइ स्थानीय सरकारसँग समन्वय गरि राहात बितरण गरेको किर्डाक नेपालकी कार्यक्रम अधिकृत सविना बोहोराले जानकारी दिइन ।
बोहोराका अनुसार गाँउपालिकाले पहिचान गरेका लक्षित बर्गका बिपन्न अति गरिब दलित परिवारलाइ मात्रै राहात बितरण गरेका छौ जो दैनिक मजदुरी गरेर पनि बिहान बेलुकी छाक टार्न सक्दैनन । राहातले केहि दिन सम्म भएपनि उनिहरुको चुल्हो बल्ने र उनिहरुको आत्मबल बढाउने बिश्वास लिएको बताइन ।
कोरोना महामारिकै बिचमा स्थानीय सरकारले राहात दियो काम गरेर बिहान बेलुकी छाक टार्न धौधौ छ यो राहातले परिवारको खुसि छाएको बिरे नेपालीले सुनाए । सबैभन्दा ठुलो राहात पायौ यस्ले महिनौ छाक टर्नेछ भगवानले सबै पुरा गरुन बिमला बिकले जयजय गरिन ।
दलितहरुको ठुलो बस्ति रहेको जगदुल्लामा बिपन्न गरिब दलितहरुको सख्या पनि उति नै रहेको छ । एकै पटक ठुलो खाद्यान्न राहात पाउदा सबै खुसि भएका छन निकै अतुलनिय काम गरेको छ किर्डाक नेपालले गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले धन्यबाद दिए । रोकायाले भने तपाइहरुपनि काम गनुुस अल्छि भएर हुदैन काम गरे दाम आउछ स्थानीय सरकारले त्यसमा सहयोग गरि रहेको छ ।
खान पुग्दैन अरुको घरमा बस्छौ छोराछोरीले हेदैनन हामी निकै आभारी छौ सरकारले नहेरे हामी भोकै मर्छौ फुलमति बिकले दुखेसो सुनाइन । गरिब तथा एक्कल र फरक क्षमता भएका ९५ घरपरिवारले राहात पाएका हुन ।