प्रधानमन्त्री र राष्टपतिले चालेको असम्बैधानिक कदमको बिरोमा उत्रिएका नेपाल प्रचण्ड पक्षका महिला कार्यकर्ता
दुनै : प्रधानमन्त्रीको कमदमको बिरोधमा डोल्पामा प्रर्दशन गरिएको छ । प्रधानमन्त्रीले संघिय संसद बिघठन गरेको बिरोधमा प्रचण्ड नेपाल पक्षका कार्याकर्ता डोल्पा सदरमुकाम दुनैमा प्रधानमन्त्री बिरुद्ध प्रर्दशन गरेका हुन ।
ओलीले जनताको जनमतको अपमान गरे संबिधान माथि कु गरे नेकपा फुटेको छैन जनतामाथि खेलवाड गरिदैछ हामी कुनैपनि हालतमा असम्बैनिक कदम चाल्नेलाइ छोड्नेछैनौ नेकपा डोल्पाका सचिवालय सदस्य जँगबहादुर रोकायाले आक्रौश पोखे ।
लिपुलेक लिम्पीया धुरामा भारतिय सेना हटाउ संसद पुनस्थापना गर केपी ओली मुर्दाबाद जस्ता नारा टाउकोमा बोकरे बिरोधमा उत्रिएका प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले सदरमुकाम दुनैमा प्रर्दशन गरेका हुन ।
जनताको जनमतको कदर नगर्ने र भ्रष्टहरुको साथमा असम्बैधानिक कमद उठाउन प्रधानमन्त्री ओली र राष्टपतिलाइ जनताले माफि नदिने यदि यसैगरि जतताको जनमत र गणतन्त्रको अबहेलना गरे खिया लागेका हतियार बम जनताले नै बर्षाउने रोकायाले चेतावनी दिए ।
प्रधानमन्त्री ओली राष्टघाति भएको भन्दै नेकपा डोल्पाका सचिव मालबहादुर रोकायाले भने एमाले माओबादि भन्ने गलत प्रचार नगरौ नेकपा नै छ र रहन्छ हामी जनताको साथमा छौ गलत कदमको बिरुद्ध सड्कमा आएका हौ भन्दै जनतालाइ साथ दिन आग्रह गरे ।
नेकपाकै प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरुले कालो ब्यानर सहित बिभिन्न नारा सहित बिरोध गर्दै दुनै बजार परिक्रमा गरेका छन । प्रधानमन्त्रीको कदम गलत छ तत्काल सच्याउन माग गर्दै केटाकेटीको खेल र माया पिरेममा हुने नाटक नगर्न प्रधानमन्त्री र राष्टपतिलाइ चेतावनी दिए ।
पौष ६ गते पहिलो पटक आन्दोलन गरेको प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले पुन मँगलबार आन्दोलन गरेका छन । नेकपाका जिल्ला स्तरीय नेताले कोणसभालाइ सम्बोधन गर्दै भने हामी जतिसुकै मुल्य चुकाउन तयार छौ ओलीले गलती सच्याएनन भने देश र गणतन्त्र दुर्घटनामा पर्नेछ जनताले माफि दिनेछैनन त्यो बेला जनताले नै बम र हतियार चलाउनेछन ।
ओली पक्ष भएर बस्नेहरु भोली पछुताउने भन्दै जिल्लाका नेता कार्यकर्ताहरुले कित्ता किलियर गरेर सड्कमा आइ जनताको जनमत जोगाउन पर्ने नेकपाका एक नेता मोतिराम गौतमले आग्रह गरे । असम्बैधानिक कदम नसच्चिए सम्म सड्क संघ्रस गर्ने नेपाल प्रचण्ड पक्षका नेता कार्यकर्ताको दावी छ ।
भिडियो हेर्न तलको लिङ्क थिच्नुहोस