प्रधानमन्त्रीको बिरोधमा प्रचण्ड पक्षको डोल्पामा सा‌केतिक आन्दोलन

जैतुन अनलाइन | 2020-12-21

दुनै : प्रधानमन्त्रीको कमदमको बिरोधमा डोल्पामा पनि आन्दोलन सूरु भएको छ । प्रधानमन्त्रीले संघिय संसद बिघठन गरेपछि प्रचण्ड पक्षका कार्याकर्ता डोल्पा सदरमुकाम दुनैमा बिरोध गर्दै आन्दोलन गरेका हुन ।
जनताको जनमतको अपमान गरेको र संबिधानको र्मम बिपरित संसद बिघठन गरेको भन्दै प्रधानमन्त्री बिरुद्ध आन्दोलन थालिएको एक कार्यकताले जानकारी दिए ।
नेकपाकै प्रचण्ड पक्षका कार्यकर्ताहरुले कालो ब्यानर सहित बिभिन्न नारा सहित बिरोध गर्दै दुनै बजार परिक्रमा गरेका थिए । प्रधानमन्त्रीको कदम गलत छ तत्काल सच्याउन माग गर्दै पार्टि एकता जिन्दाबाद प्रधानमन्त्री मर्दाबाद जस्ता नारा लगाएर बिरोध प्रदर्शन गरेका हुन ।
यो आन्दोलन साँकेतिक मात्रै भएको र प्रधानमन्त्रीले आफुले गरेको गलत कद नसच्याए आन्दोलनले ठुलो रुपले लिने भन्दै सामान्य नसोच्न आन्दोलन कै एक कार्यकर्ता कमलबहादुर शाहीले ठोकुवा गरे ।
संबिधान बिपरित,जनतामाथिको जनताको अपहेलना र देशमा कु गरेको भन्दै नेकपाका प्रचण्ड निकट कार्यकर्ताहरुले डोल्पा सदरमुकाममा बिरोध प्रर्दशन गरेका छन ।