साढे एक बर्षमा डोल्पा पुग्यो एम्बुलेन्सःपुजा गरेर सञ्चालनमा

जैतुन अनलाइन | 2020-12-21

दुनै : स्वास्थ्य सेवा कार्यालय डोल्पाको एम्बुलेन्स साढे एक बर्षमा डोल्पा पुगेको छ । कार्यालयले खरिद गरेको साढे एक बर्षपछि जेनतेन कार्यालयमा पुर्याएको हो ।
खरिद गरेको साढे एक बर्ष सम्म क्षेत्रिय स्वास्थ्य निर्देशनालयले प्रयोग गरेपछि अन्नतमा एम्बुलेन्स डोल्पा पुर्याइएको छ । करिब १० लाख रुपैयामा खरिद गरि २ लाख रकम बराबर ढुवानी खर्च गरेर पहिलो पटक एम्बुलेन्स स्वास्थ्य सेवा कार्यालयले जिल्लामा ल्याएर सेवा दिने बताएको छ ।
आर्थिक बर्ष ०७५÷०७६ मा खरिद भएको एम्बुलेन्स क्षेत्रिय स्वास्थ्य निर्देशनालयले प्रयोग गरे पश्चात मात्रै जिल्लाले प्रयोग गर्न पाउने भएको हो । बिभिन्न कारण देखाउदै खरिद भएको साढे एक बर्ष सम्म एम्बुलेन्स जिल्लाका नागरिकले प्रयोग गर्न पाएनन ।
जिल्लामा एम्बुलेन्स आएपछि भाडादर कायम गरेर सोमबार देखि नै सञ्चालनमा ल्याएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । डाक्टर रावलले भने हामी एम्बुलेन्स पुग्ने ठाँउ सम्मका सबै बिरामीको उद्धार गर्ने हेतुले भाडादर निर्धान गरेका छौ ।
स्वास्थ्य सेवा कार्यालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक बसि दुर्घटना तथा बिरामीको उद्धारको लागि एम्बुलेन्स प्रयोग हुने स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।


एम्बुलेन्स प्रयोगको लागि दुनै–जैरीगाड ५ सय,दुनै–सुलिगार्ड ५ सय,दुनै–कालागौडा एक हजार,दुनै–मोतिपूर १५ सय,दुनै–डाँगीवाडा–भेत्ती १८ सय,दुनै–जुफाल–सूपानि २हजार,दनुै–माझफाल ५ हजार,दुनै–सँु ३५ सय,दुनै–जिउ ४ हजार र दुनै–ल्हारा ४५ सय भाडादर निर्धारण गरेको छ । एम्बुलेन्समा बिरामी बाहेक कुरुवा दुईजना बोक्ने सुत्केरी,अन्य रोगका बिरामी र बिभिन्न कारण दुर्घटनामा परेकाहरुको उद्धारमा प्रयोग हुने डाक्टर सिजन रावलले जानकारी दिए ।
एम्बुलेन्स जिल्लामा भित्रीएसँगै निजी गाडिमा महगो भाडा तिरेर उद्धार गरिने बिरामीले केही हद सम्मको राहात भने पाउने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र रोकायाले जानकारी दिए ।
साढे एक बर्ष पछि एम्बुलेन्स जिल्लामा आएपनि अस्पताल सम्म जाने पुल नभएकोले फेरि पनि अस्पताल सम्म बिरामी पुर्याउन स्टेचरकै प्रयोग गर्नुपर्ने बाध्यता भने कायमै रहेको छ । यसका साथै सड्क सबै क्षेत्रमा नपुगको कारण जिल्लाका सबै नागरिकले एम्बुलेन्सको सुबिधा भने लिनबाट बञ्चित नै हुनुपरेको छ ।  िजल्लामा आएको एम्बुलेन्स पुजा गरेर सञ्चालनमा ल्याइएको छ ।