स्वास्थ्य सेवा कार्यालयको बार्षिक उत्सबमा स्वास्थ्यकर्मि सम्मानित : कोरोनाको बिचमा बार्षिक उत्सब भब्य रुपमा सम्पन्न (तस्विरमा हेर्नुहोस)

जैतुन अनलाइन | 2020-12-19

दुनै : पहिलो पटक स्वास्थ्य सेवा कार्यालयको बार्षिक उत्सब भब्य रुपमा सम्पन्न भएको छ । देश संघियतामा गएसँगै प्रदेश सरकारको समाजिक बिकास मन्त्रालय अन्तरगत रहेको जिल्लाको स्वास्थ्य सेवा कार्यालयले पहिलो बार्षिक उत्सब मनाएको छ ।कोरोना महामारि चलि रहेकै बेलामा पनि बिशेष कार्यक्रमको आयोजना गरि मनाएको बार्षिक उत्सबमा स्वास्थ्य सेवा कार्यालयका आधा दर्जन स्वास्थ्कर्मि सम्मानित भएका छन । कोरोना भाइरससँग लडि रहेका स्वास्थ्यकर्मिको मनोबल बृद्धि गर्न स्वास्थ्य सेवा कार्यालयले आफना लगनशिल,मेहनति र इमान्दा कर्मचारीहरुलाइ नगद सहित सम्मान गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर सिजन रावलले दावी गरे ।


सम्मानित हुने स्वास्थ्यकर्मिहरुमा डाक्टर मेलिना हमाल,स्त्रीरोग बिशेषज्ञ डाक्टर शँकर राउत,एनेस्थेशिया सुरेन्द्र शाह,स्टाफर्नस दिलकुमारी बुढा,अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्रबहादुर रोकाया,अहेब कर्ण बि.क. र कार्यालय सहयोगि हरि बि.क. कार्यालय सहयोगी लालकृष्ण बुढा सम्मानित भएका हुन । भने अहेब कर्ण बि.क. उत्कउष्ट स्वास्थ्यकर्मिका रुपमा सम्मानित भएका छन उनले नगद १५ हजार सहति प्रमाणपत्र मायाँको चिनो समेत पाएका छन र अन्य सम्मानित सबैले प्रमाण पत्र राइका र मायाको चिनो पाएका छन ।
आफ्नो ज्यानको ख्याल नराखि अहोरात्र बिरामीको सेवामा खटिएर निश्वार्थ सेवा प्रदान गरेकोले पनि थप मनोबल बढाउन सम्मानित गरिएको स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्रबहादुर रोकायाले बताए । उनले भने हामी निरन्तर बिरामीको सेवाका छौ अस्पताल लगायत स्वास्थ्य क्षेत्रमा सुधार र ब्यवस्थित बनाउदैछौ सबैले सहयोग गरिदिए कर्णालीमै उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल बनाउने अपेक्षा लिएको जानकारी दिए ।


स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा सरकारको ध्यान जान जरुरी रहेको र आफु एक जनप्रतिनिधि भएकै हैसियातले हरक्षण केन्द्र देखी प्रदेश सम्म लागि रहेकोले अब छिटै अस्पतालको स्तरोन्नती हुनेमा बिश्वास लिएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बिश्वास दिलाए । बुढाले भने जानप्रतिनिधि मात्रै सरकार हैनन कर्मचारी पनि सरकारकै अँग भएकोले एक आपसमा सल्लाह् गरेर अघि बढे स्वास्थ्य क्षेत्रको बिकास पनि हुने र सरकारको उपलब्धी पनि हुने जिकिर गरे ।
छोटो समयमा तयारी गरेको स्वास्थ्य सेवा कार्यालयको बार्षिक उत्सबमा डाक्टर मछिन्द्र बडुवाल,डाक्टर रुबिना श्रेष्ठको बिशेष भुमिका भएको भन्दै सबैले बधाइ दिए भने कर्मचारीहरुको एकरुपताले सफल भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बार्षिक उत्सबको क्रममा ब्यडमिण्टन,भलिबल,फुटबल लगायतका खेलहरु खेलाइ परस्कार बितरण गरिएको थियो भने नृत्य समेत प्रस्तुत गरि सबैलाइ मनोरञ्जन प्रदान गरिएको थियो ।
कोरोनाको कारण मनोरञ्जनबाट टाढा रहेका नागरिकले स्वास्थ्य सुरक्षका मादण्ड अपनाउदै निकै आनन्दित लिएका थियो । सुइ मात्रै लगाउने स्वास्थ्यकर्मिले आफुहरुसँग नृत्य र खेल खेल्न सक्ने पनि कला र क्षमता भएको भन्ने प्रमाणित गर्दै स्वास्थ्य सेवा कार्यालयको पहिलो बार्षिक उत्सब सफल पारेका छन ।

तस्विरमा हेर्नुहोस :