चर्चित गायक बिमल डँगी र सरिता डाँगीको (मेरो हजुर) म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

जैतुन अनलाइन | 2020-11-19

डोल्पा :  चर्चित गायक बिमल डाँगी र स्वरकी धनि गायिका सरिता डाँगीको नया म्यूजिक भिडियो “मेरो हजुर”  सार्वजानिक भएको छ । गायक तथा मोड्लिङ् क्षेत्रमा निकै चम्कीएका दुर्गेश थापा र मोडल नितु ढुङ्गाणाले अभिनय गरेका छन । म्यूजिक भिडियो भने प्रकाश भट्टले छायाँङ्कन गरेका हुन ।  म्यूजिक भिडियो गायक बिमल डाँगीकै आफनै अफिसियल यूट्यूव च्यानलबाट सार्वजानिक गरेका छन ।

डोल्पाको ठुलीभेरी नगरपालिका ८ को डाँगी वाडामा जन्मिएर कलिलै उमेरमा गायन क्षेत्रमा लागेका लाेक गायक बिमलले  “पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमि बाट म टाढा हुँदै छु, लगाएतका थुप्रै गीतहरु आज पनि अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाईमा परिरहेका छन् ।कैयन  चर्चित लोक गित र पप गित समेत गाएर चर्चा पाइ सकेका  बिमल अहिले पनि उति नै चर्चामा छन । हाल उनि अमेरीकामा बस्दै आएपनि उनले नेपाली लोक कलालाइ भने उतिनै माँय गरेर एक भन्दा एक कडा प्रस्तुती आफना स्रोतालाइ प्रदान गरि रहेका छन ।

गायक तथा सर्जक बिमल डाँगीले पछिल्लो सांगीतिक प्रस्तुति “मेरो हजुर” ले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने देखिन्छ ।  किन कि गीतमा प्रयोग भएका लय शब्द तथा स्वरले माया प्रेमको बन्धनमा बाँधिएका जोडीको प्रेम भावलाई थप प्रगाड़ता बनाउनका लागि महत्वपुर्ण भूमिका निर्बाह गर्नेछ । बिमल डाँगी कै लय शब्दबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुंगानाको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पादन बिष्णु शर्माले गरेका छन् । हामि गायक तथा सर्जक बिमल डाँगीका अन्य अघिल्ला सिर्जना जस्तै यस गीतको पनि पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

लोक दोहोरी “मेरो हजुर” को पूरा म्यूजिक भिडियो हेर्न तलको लीङ्क थिच्नुहोस :