माथिल्लो डोल्पाबाट सुत्केरीको उद्धार “माथिल्लो डोल्पामा बर्थिङ सेन्टर छैन”

जैतुन अनलाइन | 2020-11-08

दुनै :  माथिल्लो डोल्पाबाट नेपाली सेनाको हेलिकप्टरले सुत्केरीको उद्धार गरेको छ ।शे–फोक्सुण्डो गाँउपालिका १ को कोमास गाँउकी ४२ बर्षिया भुटी गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
गाँउमै सुत्केरी भएर उच्च रक्त श्राब भएपछि भुटीलाइ हेलीकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिईन । शर्माका अनुसार बच्चा स्वस्थ भएपनि आमालाइ अध्याधिक रक्तश्राब भएपछि हेलीकप्टरबाट सुर्खेत लगेको बताईन ।
कोमास गाँउमै सुत्केरी भएकी ४२ बर्षिया भुटी गूरुङको अबस्था उच्च रक्तश्राबको कारण स्वास्थ्य चौकिमा उपचार हुन नसकेकोले हेलीकप्टरबाट उद्धार गर्नु पर्ने बाध्यता आएको साल्दाङ स्वास्थ्यचौकिका हेल्थ असिष्टेन्ट निमा गूरुङले जानकारी दिए । निमाले भने हामीले सकेको प्रयास गर्यौ तर रक्तश्राब रोकिएन अन्तःहेलीकप्टरबाटै सुर्खेत पठाउनुपर्ने भयो । केहि औषधि छ तर उपकरण छैन बर्थिङ सेन्टर छैन निमाले दुखेसो पोखे ।
राष्टपति महिला तथा बालवालिका उद्धार कोष मार्फत भुटीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । केहि टाठाबाठा र सञ्चारको पहुच भएकाले हेलीकप्टरबाट उद्धार गर्छन भने धेरै महिलाले अकालमै ज्यान गुमाउछन माथिल्लो डोल्पाका महिलाहरुले ।
सदरमुकामको जिल्ला अस्पताल सम्म आउन हप्तादिन लाग्ने भएकोले पनि स्वास्थ्य सेवाबाट धेरै जसो नागरिक बञ्चित नै हुने गरेका छन । हेल्थ असिष्टेन्ट निमाले भने अबका दिनमा पनि यसरी सुत्केरी आमाहरुले दुख नपाउने गरि स्वास्थ्य सेवा उपलब्ध गराइदिए माथिल्लो डोल्पाका नागरिकले दुख नपाउने भन्दै सबैले समयमा सोचिदिन आग्रह गरे । हाल सम्म डोल्पाबाट एक दर्जन भन्दा धेरै सुत्केरी महिलाहरुको हेलीकप्टरबाट उद्धार गरिएको छ ।

शे-फोक्सुण्डो गाँउपालिका १ को कोमास गाँउपबाट सुत्केरी उद्धार गर्दै नेपाली सेनाको हेलीकप्टर